काठमाडौं। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द ढकालले राजनीतिक दललाई निजी क्षेत्रले दिएको सुझाव कार्यन्वयन गर्न अग्रसर हुनुपर्ने बताएका छन्। महासंघको मुख्यालयमा आयोजित घोषणा पत्रमा निजी क्षेत्र विषयमा आयोजित पत्रकार सम्मेलनका त्रममा सम्बोधन गर्दै दलले आसन्न निर्वाचनमा महासंघको सुझाव घोषणा पत्र समावेश गरेर मात्र नहुने भन्दै यसलाई पूर्ण रूपमा कार्यन्वयन गर्न आग्रह गरेका हुन्।
निजी क्षेत्रले गर्ने काम केबल उद्योगी व्यवसायीको लागि मात्र नभई समग्र अर्थतन्त्र देश र जनताप्रति गर्ने काम हो। राजनीतिक दलले आफ्नो घोषाणा पत्रमा राखिएको नीतिगत नियम तथा आर्थिक ऐजेण्डालाई लागू गर्न कुनै कसर बाँकी राख्न नहुने बताए।
सबै राजनीतिक दलहरु उद्दार अर्थव्यवस्था, निजी क्षेत्रको भूमिका र सामाजिक न्यायका विषयमा अन्यौलमा रहेको सन्दर्भमा दलहरु प्रष्ट हुन सकेनन् भने युवा पुस्ता जेनजीको आन्दोलनको मर्म सुशासन सहीतको रोजगारी र स्वरोजगारको पर्याप्त अवसर भएको मुलुक निर्माण गर्न नसकिने हुँदा निम्नानुसार आर्थिक नीति अवलम्बन गर्नु उपयुक्त हुने महासंघको जनाएको छ।
नेपालको आवश्यकता र विश्व परिवेशलाई समेत मध्यनजर गरी उद्यमी व्यवसायीलाई प्रश्रय दिनेगरी नवप्रवर्तनमा आधारित उदार एवं समावेशी आर्थिक नीति बनाउन दलहरूलाई महासंघले सुझाव दिएको छ।
युवा पुस्ताको उद्यमशिलता, रोजगारी र वहुक्षेत्रगत आर्थिक एवम् सामाजिक विकासको अपेक्षाले साकार रुप लिन निजी क्षेत्रको सवलताको उपयोग अनिवार्य हुन्छ। तर, पछिल्लो युवा आन्दोलनको क्रममा निजी क्षेत्रमाथि गरिएको प्रहार, रोजगारी आधारका रुपमा रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठान र उद्यमीको निजी आवासमा गरिएको श्रृङ्खलावद्ध आक्रमण र आगजनीबाट निजी क्षेत्रको मनोबल कमजोर हुँदा युवा पुस्ताले राखेको अपेक्षाअनुसार रोजगारी सृजना गर्ने क्षेत्रमा ठूलो लगानी गर्ने साहस र चाहना निजी क्षेत्रमा अझै पूर्ण रुपमा जागृत हुन सक्ने अवस्था देखिँदैन्।
आन्दोलनका कारण निजी क्षेत्रलाई परेको पीडा र हानीको कुनै मौद्रिक मूल्य नभए पनि आगामी दिनमा यस प्रकारको घट्ना पुनरावृत्ति हुन नदिने प्रतिवद्धता एवम् सोहीअनुसारको आवश्यक प्रबन्ध गरी कमजोर रहेको मनोबललाई उठाउन यस्तै प्रकारका आन्दोलनबाट प्रभावित देशहरुले निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि गरेको प्रयासलाई पनि अनुभवको रुपमा ग्रहण गर्न आवश्यक रहेको महासंघले जनाएको छ।
त्यस्तै, पत्रकार समम्लनका त्रममा वरिष्ठ उपाधक्षले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई सुधार गर्ने भनिए पनि व्यवहारमा कार्यन्वयन गर्नुपर्ने बताए।