काठमाडौं । पेट्रोलियम ट्यांकर चालकबाट कोरोना संक्रमण फैलिने जोखिम बढेको समाचार बाहिरिए पछि सरकारले देशभर रहेका ट्यांकर चालकको कोरोना परीक्षण हुने भएको छ ।
कोरोना महामारीको रुपमा फैलिएको भारताबाट पेट्रोलियम पदार्थ बोकेर आउने चालक तथा सहचालकको अहिलेसम्म कोरोना परीक्षण हुन सकेको थिएन । त्यस्ता चालकबाट कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेको समाचार बाहिरिए पछि सरकारले उनीहरुको परीक्षण गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल आयल निगमले देशभर रहेका चालकको संख्या, पेट्रोल पम्पको संख्या डिपोमा काम गर्नेको उपलब्ध गराइसकेको छ । उनीहरुको आज (बिहीबार)बाट कोरोना परीक्षण हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
भारतका विभिन्न ठाउँबाट नेपाली ट्यांकरले नेपाल भित्र पेट्रोलियम पदार्थ ल्याइरहेका छन् । त्यसरी नेपाल भित्रिएको तेल देशभर जाने गरेको छ । यदि चालकलाई कोरोना संक्रमण भए, निगमका डिपोमा कार्यरत कर्मचारी पनि कोरोनाको जोखिममा पर्ने सम्भावना हुन्छ । त्यही भएर निगमले पटक पटक चालक र सहचालकको कोरोना परीक्षण गर्नुपर्ने माग गरेको हो । तर, सरकारले निगमलको कुरालाई वास्ता गरेको थिएन ।
पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरका चालकले देशभर फैलाउन सक्छन कोरोना, एकजनामा गरिएन परीक्षण
हजारौं ट्यांकले दैनिक रुपमा भारतबाट पेट्रोलियम पदार्थ ल्याउने गरेको छन् । त्यसैगरी ग्यास बुलेट चालकको पनि कोरोना परीक्षण भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट डिपोमा कार्यरत कर्मचारी, ट्यांकर चालक तथा सहचालक, पेट्रोपपम्प सञ्चालकसम्मको कोरोना परीक्षण गर्ने गरी निगमले नामावली पठाइसकेको छ ।
कोरोना संक्रमण हुन नदिन निगमले अधिकतम सुरक्षाको उपाय अपनाएको छ । तर, पनि चालक, निगम व्यवस्थापन सुरक्षाप्रति ढुक्क हुन नसक्ने अवस्था आएपछि अनिवार्य चालक र सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गर्नुपर्ने भन्दै आवाज उठाएको हो ।
यदि चालकलाई कोरोना संक्रमण भएको रहेछ भने त्यो चालकले कुन कुन ठाउँ तेल पुर्याउँछ, ति सबै क्षेत्र उच्च जोखिममा रहने सम्भावना हुन्छ ।