काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले विद्युत उत्पादन दोब्बर बढाएर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने भएको छ । हाल १ हजार ३८६ मेगावाट बिजुली उत्पादन भएकोमा यसलाई दोब्बर बनाउन लागेको हो ।
आगामी वर्ष सार्वजनिक तथा निजी लगानीमा निर्माणधिन आयोजनाहरु पुरा गरी १ हजार ६१४ मेगावाट थप गर्ने सरकारको योजना छ । यो समेत गरी जडित क्षमता ३ हजार मेगावाट पुग्ने छ ।
सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेनलगायत निजी क्षेत्रका दुई दर्जन बढी आयोजना सम्पन्न गरेर सो लक्ष्य पुरा गर्न लागेको हो । २ वर्षको अवधिमा थप ८ लाख ५२ हजार ५२ घरमा बिजुली पुगेको छ ।
आगामी दुई वर्षभित्र देशभरी पुर्ण विधुतीकरण गरिने भएको छ । राष्ट्रिय प्रसारण र प्रणाली नपुगेका ठाउँमा २०० ओटा सौर्य मिनिग्रीड सञ्चालन हुने भएका छन ।
दुई वर्षमा चुहावट ७ प्रतिशत घटेको छ । आगामी वर्ष बिजुली खपत बढाएर वार्षिक प्रतिव्यत्ति ३५० युनिट पुर्याइने भएको छ । हाल २६० युनिट रहेको छ ।
आगामी वर्ष १२०० मेगावाटको बुढीगण्डकी र ७५० मेगावाटको पश्चिम सेती आयोजना अघि बढाइने भएको छ । नेपालको पानी जनताको लगानीबाट माथिल्लो अरुण, तामाकोसी ५, फुकोट कर्णाली र जगदुल्ला आयोजना बनाउने सरकारको योजना छ ।
७६२ मेगावाटको तमोर जलासय आयोजना साझेदारीमा निर्माण गरिने भएकोे छ । यस्तै ६३५ मेगावाटको दुधकोसी जलासयको निर्माण आगामी वर्ष सुरु गरिने भएको छ ।