काठमाडौं। ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रि««य शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीको सेवाशुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।
बैंकले नेपाली विद्यार्थीलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी जस्तै आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिषा शुल्क, बिमा शुल्कलगायतका विभिन्न सेवाबापतको भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ।
योजनाअन्तर्गत यो छुट सन् २०२६ जुलाई ३१ सम्म लागू हुनेछ। ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा ११७ वटै शाखामा उपलब्ध हुने बैंकले जनाएको छ।
हाल बैंकले ३५२ शाखा, ३८५ एटीएम, १४७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।