काठमाडौं। सामान्य भाषामा भन्ने हो भने एआईले कम्प्युटर प्रणालीमा रहेको कृत्रिम बुद्धिमत्तालाई जनाउँछ। यसले मेसिनरी ग्याजेटले मानिसले जस्तै सोच्न सक्ने, परिवेशलाई जान्न सक्ने, सिक्न र सिकाउन सक्ने, निर्णय प्रक्रियामा भाग लिन सक्ने, दिएका कमान्डका आधारमा प्रतिक्रिया दिन सक्नेजस्ता विषय एआईका विशेषतामा पर्छन्।
यो भनेको कम्प्युटरलाई मानिसले जस्तै कुनै विशेष विधामा सोच्न सक्ने र काम गर्न सक्ने गराउनु हो। पछिल्लो समय कृत्रिम बुद्धिमताको अर्थात एआईको दायरा झाँगिदै गएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई)ले आगामी दशकमा अर्थतन्त्र, समाज र सभ्यतालाई नै पुन: परिभाषित गर्ने छ। यसमा कुनै शंका गर्ने स्थान छैन। तर, अहिलेको विश्व तीन भागमा बाँडिएको छ। पहिलो, प्रविधिको अग्रणी निर्माणकर्ता मुख्यतया अमेरिका र चीन, साथै करिब १० ठूला कम्पनी दोस्रो, प्रविधिको उपभोक्ता जसमा पर्याप्त डिजिटल क्षमता र ऊर्जा पूर्वाधार भएको विश्वका धेरै देश पर्छन्।
तेस्रो, ती देश जो डिजिटल पूर्वाधार र ऊर्जा अभावका कारण यस दौडबाट स्वत बाहिरिएका छन्। भारत अहिले स्पष्ट रुपले दोस्रो श्रेणीमा पर्दछ प्रविधिको उपयोगकर्ताको रुपमा मात्र रहेको छ। यद्यपि, वास्तविक प्रश्न के भने भारत निकट भविष्यमा यही सीमाभित्र रहन्छ वा एआई क्रान्तिको नेतृत्व गर्दै पहिलो श्रेणीमा प्रवेश गर्न सफल हुन्छ।
छिमेकी भारतको सबैभन्दा ठूलो शक्ति भनेको मुख्यतया विशाल जनसंख्या हो र बृहतर तथ्यांक पनि एउटा प्रमुख शक्तिभित्र पर्छ। भारतले डाटामाथि राष्ट्रिय सार्वभौमिकताको माग गर्न सक्छ वा त्यसलाई संवादको शक्तिका रुपमा प्रयोग गर्न सक्छ।
विगत लामो समयदेखि भारतले विशेषगरी पूर्णतया उपभोगकर्ता देशको रुपमा व्यवहार गर्दै आएको छ।
अहिले भारत एआईका केही नकारात्मक प्रभावले प्रभावित हुँदै गइरहेको छ। उदाहरणका लागि, डीपफेक र सम्भावित निर्वाचन हस्तक्षेप पनि हो। त्यसैले, भारतले एआई प्रणालीमा नैतिकता, जवाफदेहिता र वैधताको दृढ माग गर्नुपर्ने देखिन्छ।
अर्कोतर्फ एआईलाई वैश्विक साझा सम्पदाको रुपमा विकास गर्ने प्रस्ताव निःसन्देह रुपमा दूरदर्शी विचार हो, सम्भवत भारतले नाफारहित सार्वजनिक डिजिटल पूर्वाधार निर्माणमा पाएको उल्लेखनीय सफलताबाट पनि प्रेरणा यो पहिलो पटक होइन भारत फेरि एक पटक ग्लोबल साउथ अर्थात् ग्लोबल साउथ भूभागको नेताको रुपमा आफूलाई स्थापित गर्न प्रयासरत रहेको छ। तर, भारत आफूलाई एआई प्रविधिको अग्रपंक्तिमा भन्दा पनि त्यसको उपभोक्ताका रुपमा सीमित गर्न सक्छ। भारतको एआईप्रतिको दृष्टिकोणलाई मनन गर्दा अहिलेको सन्दर्भमा विश्वव्यापी प्रवृत्तिप्रति लिएको यसको दृष्टिकोणबाट धेरै तात्विक भिन्नता छैन।
अहिलेको अवस्थामा सामाजिक सञ्जालअन्तर्गत विशेषगरी भारत अमेरिकी कम्पनीले निर्माण गरेका वस्तु तथा सामग्रीको उपभोक्ता बनेको छ। उदाहरणका लागि, भारतले जुन आफ्नो जनसंख्या र बजारको प्रयोगमार्फत सीमित सामाग्रीलाई नियमन गर्ने प्रयासमा लागिरहेको छ। चीनले भने आफनो देशमा उत्पादन भएको टिकटकलाई सामाजिक सञ्जालको प्लेटफर्मका रुपमा प्रयोग गरिरहेको छ।
तर, यी कम्पनीले भारतीय उपभोक्ताबाट प्राप्त गरेको डाटाको मूल्य अझ धेरै महत्वपूर्ण रहेको छ। भारतमा मानिसले सामाजिक सञ्जालमा कस्ता प्रकारका विषयवस्तुमा केन्द्रित हुन्छन् र के उपभोग गरेका छन् भन्ने अन्य देशमा बनेका एल्गोरिदमहरुले तय गरेको छ। त्यसैगरी ठूलो हिंस्साको नाफा पनि भारतबाहिर नै जाने गरेको छ।
भारतीय बजारको केही हिस्सा नै सम्हाल्ने घरेलु प्लेटफर्म अस्तित्वमा छन् भन्ने ठोस प्रमाण पनि कमै पाइन्छ विदेशी बजार अलि परको विषय हो।
विगत लामो समयदेखि भारतले विशेषगरी पूर्णतया उपभोगकर्ता देशको रुपमा व्यवहार गर्दै आएको छ। तर, यसको प्राथमिकता सधैँ रक्षात्मक रणनीतिमा बढी केन्द्रित छ। जुन निर्यात बजार कब्जा गर्नुभन्दा आयात नियन्त्रणमा ध्यान दिने प्रवृत्ति रहँदै आएको छ।
अर्कोतर्फ एआईका अग्रपंक्तिमाथिको नियन्त्रण नै आगामी ५० वर्षको शक्ति र समृद्धिको आधारशिला हुनेछ।
भारतले आफ्नो क्षेत्र र भूगोलभन्दा बाहिर बनेको सामग्री उत्पादनका उपभोक्ता बन्नमै सन्तुष्ट छ। पछिल्लो केही दशकयताको समयलाई नियाल्ने हो भने कतिपय उद्योग तथा औद्योगिक क्षेत्रले एउटा समृद्धिको गति लिन थाले पनि घरेलु उत्पादन वा विदेशी बजारमा उल्लेखनीय स्थान बनाएको प्रमाण न्यून मात्रामा भेटिन्छ।
यता जलवायु परिवर्तनको मुद्दामा भारतले निरन्तर रुपमा ग्लोबल साउथमा नेतृत्वकर्ताको भूमिकामा रहँदै आएको छ। तर, छिमेकी चीनले जलवायु अनुकूल प्रविधिको लागि समर्थिक बजार निर्माण गर्ने बाटो लिएको छ भने भारतले प्रविधि र वित्तीय पहुँच सुनिपश्चत गर्नतर्फ केन्द्रित रहेको पाइन्छ।
प्रविधि क्षेत्रमा स्वामित्व राख्ने शक्तिशाली देश साझेदार गर्न इच्छुक नदेखिए जस्तै धनी विकसित राष्ट्र वितीय सहयोग गर्न अनच्छुक रहेको अवस्था छ। भारतका सबै सकारात्मक उद्देश्यका बाबजुद पनि एआई क्षेत्रमा त्यस्तै अवस्थाको पुनरावृत्ति हुन सक्ने जोखिम रहन्छ।
अर्कोतर्फ एआईका अग्रपंक्तिमाथिको नियन्त्रण नै आगामी ५० वर्षको शक्ति र समृद्धिको आधारशिला हुनेछ। सदैव उपभोक्ताको सोच राख्ने देशले उत्पादक वा नवप्रवर्द्धनकर्ता बन्ने सम्भावना कम हुने भएकाले सर्वप्रथम आफ्नो सोच, विचार र दृष्टिकोणमा तात्विक भिन्नता आउन अपरिहार्य छ।
एआईका लागि मानवकेन्द्रित दृष्टि हुनु अत्यन्त महत्वपूर्ण छ, तर प्रविधिगत रणनीति र बौद्धिक सम्पत्ति तथा उत्पादनमा सुनिश्चित गर्नु त्यत्तिकै आवश्यक छ।
त्यस्तै भारतले स्टार्टअप ओपन एआई र एन्थ्रोपिकलगायतका प्रविधि क्षेत्रमा पहिलो स्थानमा रहेर काम गर्न अपरिहार्य छ। त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सीमित नियमन र वित्तीय सहयोग पनि महत्त्वपूर्ण हुनेछ भने शक्तिशाली देशका लागि उपभोक्ता भएर मात्र होइन स्रष्टा, उत्पादकलगायतको भूमिकामा रहनु बुद्धिमानी हुनेछ।
द इकोनोमिन्स टाइम्सबाट (लेखक धीराज नयार, वेदान्ताका प्रमुख अर्थशास्त्री हुन्)
वेदान्ता- भारत, दक्षिण अफ्रिका, लाइबेरिया र नामिबियामा सञ्चालन हुने ग्लोबल प्राकृतिक स्रोत र प्रविधि समूह कन्ग्लोमरेट हो।