काठमाडौं। नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधान (ईभी) जिली ईएक्स ५ मा ‘सर्ट ब्लेड’ प्रविधिको ब्याट्री प्रयोग गरिएको छ। ईभीको मुटु भनेको नै ब्याट्री भएकोले ईएक्स ५ गाडीमा जिलीको ‘सर्ट ब्लेड’ प्रविधि जडान गरिएको जनाएको छ।
एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले नेपाली ग्राहकहरू अब केवल रेञ्ज मात्र हेर्ने अवस्थामा नभई उनीहरू ब्याट्रीको सुरक्षा, टिकाउपन, वारन्टी, चार्जिङ समय र दीर्घकालीन मूल्यलाई समेत तुलना गरेर निर्णय लिन थालेको बताृछन्। एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स५ (प्रो र म्याक्स भेरियन्ट) बिक्री गर्दै आएको छ। जसमा जिली अटो ग्रुपको नवीनतम ‘सर्ट ब्लेड’ ब्याट्री जडान गरिएको छ।
‘यो केवल ऊर्जाको स्रोत मात्र होइन, यसले गाडीको रेञ्ज, कार्यक्षमता, आयु, मूल्य र समग्र प्रयोगकर्ता अनुभवलाई प्रत्यक्ष रूपमा प्रभावित गर्दछ’, जिली अटोका एक प्रतिनिधिले भने ‘ब्याट्रीको गुणस्तरले नै ईभी कति भरपर्दो, सुरक्षित र दीर्घकालीन हुनेछ भन्ने निर्धारण गर्छ।’
नेपालमा पछिल्लो समय ईभी बजार तीव्र गतिमा विस्तार भइरहेको छ। वार्षिक बिक्री वृद्धि १८० प्रतिशतसम्म पुगेको र कुल आयातित अटोमोबाइलमध्ये करिब ७५ प्रतिशत हिस्सा ईभीको रहेको तथ्यांकले देखाउँछ। पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतबाट चल्ने एसयूभीतर्फ ग्राहकहरूको आकर्षण बढेसँगै ब्याट्री प्रविधिप्रति उनीहरूको चासो पनि उल्लेख्य रूपमा बढेको छ।
विश्वस्तरीय ‘सर्ट ब्लेड’ ब्याट्री
२७ जुन २०२४ मा हाङ्झाउमा जिली अटो ग्रुपले आफ्नै अनुसन्धान तथा विकास केन्द्रद्वारा विकास गरेको नयाँ पुस्ताको लिथियम आयरन फस्फेट (एलएफपी) मा आधारित ‘सर्ट ब्लेड’ ब्याट्री सार्वजनिक गरेको थियो। परम्परागत एलएफपी ब्याट्रीको तुलनामा सर्ट ब्लेड डिजाइनले सेलको संरचनालाई अझ सघन, बलियो र तापीय रूपमा स्थिर बनाएको कम्पनीको दाबी छ।
यसमा उच्च तापीय स्थिरता भएको डाइफ्राम, सुरक्षित इलेक्ट्रोड संरचना तथा ‘सेल्फ–फ्युजिङ’ प्रविधिको प्रयोग गरिएको छ। दुर्घटनाका क्रममा प्वाल परे पनि एल्युमिनियम तह आफैं फ्युज भई इन्सुलेसन तह बनाउँछ, जसले सर्ट सर्किट रोक्छ र थर्मल रनअवे हुन दिँदैन।
अटोमोबाइल उद्योगमा एकल सुई परीक्षणलाई मानक मानिए पनि जिलीले आठवटा ५ मिलिमिटर फलामका किला एकैपटक घुसाएर एक घण्टा परीक्षण गर्दा पनि कुनै आगलागी वा विस्फोट नभएको जनाएको छ। साथै राइफल बुलेट परीक्षण, पानीमा डुबाउने, चरम दबाब दिने तथा आगोको प्रत्यक्ष ताप परीक्षणमा समेत ब्याट्री सफल भएको कम्पनीको दाबी छ।
श्रेष्ठ भन्छन, ‘८ नेइल पेनिट्रेसन टेस्ट पास गर्ने विश्वकै पहिलो ब्याट्री भएकाले यसलाई फायर, वाटर र बुलेट प्रुफ ब्याट्री पनि भन्न सकिन्छ। नेपाली ग्राहकका लागि सुरक्षा सबैभन्दा ठूलो प्राथमिकता हो, र यही पक्षमा जिली अग्रणी देखिन्छ।’
१० लाख किलोमिटर, ५० वर्षसम्मको सम्भावित आयु
यो ब्याट्रीले करिब ३ हजार ५०० चार्ज–डिस्चार्ज साइकल पूरा गर्न सक्ने क्षमता राख्दछ। यस आधारमा करिब १० लाख किलोमिटर यात्रा सम्भव हुने अनुमान गरिएको छ। यदि कुनै परिवारले वार्षिक २० हजार किलोमिटर चलायो भने यो ब्याट्री करिब ५० वर्षसम्म उपयोगी रहने सम्भावना देखिन्छ। यसले पुनःबिक्री मूल्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। दीर्घकालीन आयुले गर्दा प्रयोगकर्तालाई ब्याट्री प्रतिस्थापनको चिन्ता न्यून हुने विज्ञहरूको भनाइ छ।
अत्याधिक चिसोमा उत्कृष्ट प्रदर्शन
नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा चिसो तापक्रम ठूलो चुनौती हो। सर्ट ब्लेड ब्याट्री माइनस ३० डिग्री सेल्सियसमा ९० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम रहेको बताइएको छ। माइनस २५ डिग्री तापक्रममा पनि २० मिनेटमै ९० प्रतिशतसम्म चार्ज हुन सक्ने क्षमता यसले देखाएको छ।
यसका लागि अतिरिक्त हिटिङ सिस्टमको आवश्यकता नपर्ने भएकाले ऊर्जा खपत कम हुन्छ र रेञ्जमा पनि सकारात्मक प्रभाव पर्छ।
शक्ति, रेञ्ज र चार्जिङ दक्षता
जिली इएक्स ५ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ, जसले ६.९ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ। यसले शहर र राजमार्ग दुवैमा सन्तुलित र स्थिर प्रदर्शन प्रदान गर्छ। ११ किलोवाट एसी चार्जरमार्फत करिब ६ घण्टामा १०–१०० प्रतिशत चार्ज गर्न सकिन्छ भने १०० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गर्दा २० मिनेटमै ३०–८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसले लामो दूरीको यात्रालाई सहज बनाउँछ।
नेपालको भूगोलअनुसार उपयुक्त
नेपालका उकालो–ओरालो, कंकड–पत्थरयुक्त सडक, पहाडी मोड र बाढी जोखिमलाई ध्यानमा राख्दै ब्याट्रीलाई समुद्री पानीमा डुबाउने, भारी रोलर गुडाउने, ढुंगामा ठोक्काउने तथा कम्पन परीक्षण जस्ता विभिन्न चरम परीक्षणबाट गुजारिएको कम्पनीले जनाएको छ। वातावरणीय र आर्थिक दृष्टिले पनि एलएफपी प्रविधि कोबाल्ट र निकेल जस्ता दुर्लभ तथा महँगा धातुमा निर्भर नहुने भएकाले लागत कम र वातावरणीय प्रभाव न्यून हुने बताइन्छ। दीर्घकालीन आयु र उच्च सुरक्षा स्तरले बिमा लागत र मर्मत खर्च पनि कम गर्ने अपेक्षा गरिएको छ।
ईभीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको आयात घटाउन मद्दत पुग्ने र राष्ट्रिय व्यापार घाटा कम गर्न योगदान पुग्ने अर्थशास्त्रीहरूको विश्लेषण छ। गुणस्तर, नवीनता, सुरक्षा, दीर्घायु र वातावरणीय जिम्मेवारीका दृष्टिले न्भभथि ब्गतय न्चयगउ को सर्ट ब्लेड ब्याट्रीले नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि बलियो छवि निर्माण गरिरहेको छ। आधुनिक प्रविधि र विश्वस्तरीय सुरक्षा मापदण्डसहित न्भभथि भ्ह्छ ले नेपाली ईभी बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।