काठमाडौं।नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)ले नास-आईटी एक्स्पो २०२६ आगामी मंसिर ६-७ मा ललितपुरके हेरिटेज गार्डेनमा आयोजना हुने घोषणा गरेको छ। दुई दिने एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
नास-आईटी एक्स्पो २०२५ को सफलतालाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोले प्रविधि कम्पनीलाई आफ्ना नवीन समाधान प्रस्तुत गर्ने, व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिने तथा दीर्घकालीन सहकार्य र साझेदारी विस्तार गर्ने अझ सशक्त मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ। साथै, यसले नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास लिइएको छ।
सन् २०२५ मा सम्पन्न नास(आईटी एक्स्पोमा २,५०० भन्दा बढी सहभागी तथा ३० भन्दा बढी प्रविधि कम्पनीको सहभागिता रहेको थियो, जसले यसलाई नेपालको सबैभन्दा ठूलो व्यवसाय–केन्द्रित प्रविधि प्रदर्शनीमध्ये एकको रूपमा स्थापित गरेको थियो। एक्स्पोमा उद्योगका अग्रणी व्यक्तित्व, सरकारी प्रतिनिधि, विभिन्न देशका राजदूतहरू, लगानीकर्ता, कर्पोरेट प्रतिनिधि, स्टार्टअप, विद्यार्थीहरू तथा प्रविधिप्रेमीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी कम्पनीले नयाँ व्यावसायिक सम्भावना पहिचान गर्ने, महत्वपूर्ण व्यापारिक सम्पर्क विस्तार गर्ने, नयाँ उत्पादन तथा समाधान प्रस्तुत गर्ने र दीर्घकालीन साझेदारीका अवसर सिर्जना गर्ने अवसर प्राप्त गरेका थिए।
गत वर्षको सफलतालाई आधार बनाउँदै नास-आईटी एक्स्पो ले नेपालको बढ्दो प्रविधि क्षमतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आईटी समाधानको प्रवर्द्धन गर्नेछ। एक्स्पोले प्रविधि कम्पनीहरू र विभिन्न व्यवसायबीच सहकार्यको वातावरण सिर्जना गर्दै नवप्रवर्तन, ज्ञान आदानप्रदान तथा नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस वर्षको एक्स्पोका मुख्य आकर्षणः
● अग्रणी आईटी कम्पनीहरू तथा नवप्रवर्तनशील स्टार्टअपहरूको प्रविधि प्रदर्शनी।
● व्यवसायका वास्तविक चुनौतीहरू समाधान गर्ने उत्पादन तथा प्रविधि समाधानहरूको प्रदर्शन।
● प्रविधि कम्पनी, व्यवसाय, लगानीकर्ता तथा सरोकारवालाबीच नेटवर्किङ तथा सहकार्यका अवसर।
● डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता ९ब्क्ष्०, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिसम्बन्धी ज्ञानमूलक सत्रहरू।
● नयाँ साझेदारी, व्यापारिक अवसर तथा नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर।