काठमाडौं। सीजी इलेक्ट्रिोनिक्सअन्तर्गतका एलजी, सीजी, माईआइडिया, टीसीएल, गोदरेज, क्रम्पटन, बेको, सेन्साई, केन्ट, ब्लयाक एन्ड डेकरलगायत अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सम्पन्न भएको छ।
फागुन ७, ८ र ९ सम्म काठमाडौंमा आयोजित उक्त तीनदिने कार्यक्रम बिक्री क्षमताको सुदृढीकरण, उत्पादनसम्बन्धी तालिम, ग्राहक सेवा उत्कृष्टता तथा ब्रान्ड–केन्द्रित रणनीतिक सोच विकासमा केन्द्रित रहेको थियो। कार्यक्रमअन्तर्गत प्रमोटरलाई नवीन प्रविधि, उत्पादनको विशेषता, प्रतिस्पर्धी बजार बुझाई तथा ग्राहक आवश्यकताअनुसार समाधान प्रस्तुत गर्ने व्यावहारिक प्रशिक्षण दिइएको सीजीले जनाएको छ।
कार्यक्रममा मोटिभेसन फोकस्ड सेसन पनि सञ्चालन गरिएको थियो, जसले प्रमोटरो व्यावसायिक आत्मविश्वास, टोलीगत समन्वय र संगठनप्रतिको प्रतिबद्धता अभिवृद्धि गरेको कम्पनीको भनाइ छ।
उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रमोटरलाई सम्मान तथा पुरस्कार प्रदान गरी उनीहरूको योगदानको औपचारिक मूल्यांकन गरिएको थियो। यस पहलले बिक्री टिमलाई अझ उत्तरदायी, दक्ष र ग्राहक–केन्द्रित सेवा प्रदान गर्न प्रेरित गर्ने अपेक्षा कम्पनीको छ।
सीजी इलेक्ट्रिोनिक्सका अनुसार यस प्रकारको राष्ट्रिय स्तरको तालिम तथा सशक्तीकरण कार्यक्रमले उपभोक्तालाई आफ्नो आवश्यकता अनुसारको उपयुक्त उत्पादन सहज, स्पष्ट जानकारीसहित प्राप्त गर्न सघाउनेछ।
कम्पनीले आगामी दिनमा पनि मानव संसाधन विकास, निरन्तर तालिम तथा प्रदर्शन–आधारित प्रोत्साहन कार्यक्रमलाई प्राथमिकतामा राख्दै उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।