काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै विश्व अर्थराजनीतिमा यसले हलचल ल्याएको छ। सो क्षेप्यास्त्र प्रहारपछि खाडी मुलुकका देशहरु प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा यसको असर प्रत्यक्ष तथा अप्रत्यक्ष देखिएने भएको हो।
फ्रेब्रुअरी २८ अमेरिका र इजरायलले आक्रमण गरेलगत्तै इरानले पनि प्रत्याक्रमण सुरु ग¥यो। इरानले इजरायलमाथि मात्र होइन, खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य बेसमा एकसाथ मिसाइल आक्रमण गरेको छ। यस घटनापछि इरान बढ्दो तनावका कारण विश्वव्यापी व्यापारमा परेको प्रभावले नेपालको अर्थतन्त्रमा पनि गम्भीर असर पार्ने देखिएको छ।
खाडी मुलुकमा देखिएको अस्थिरताले नेपालको आयात निर्यात मात्र नभई रेमिट्यान्स र आन्तरिक इन्धन आपूर्तिसमेत चाप देखिने निश्चित छ। पछिल्लो केही दिनयता खाडी देशमा भएको गतिविधिले नेपालको अर्थतन्त्रमा गम्भीर एवं बहुपक्षीय असर पर्ने अर्थविद चन्द्रमणि अधिकारीले बताए। सो घटनाले नेपालमा व्यापार पर्यटन, मुद्रा सञ्चिती रेमिटयान्स श्रमिकको सुरक्षा इन्धनको मूल्य वृद्धि र आपूर्ति श्रृङ्लामा आउने अवरोधले नेपालमा दोहोरो चुनौती आउन सक्ने संकेत गरको उनको भनाइ छ।
नेपालको कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा रेमिटयान्सले आगटेको छ। कतार साउदी अरब युएई कुवेत बराइनलगायत देशमा लाखौँ नेपाली कार्यरत छन्। सो देशहरुमा युद्ध चर्किंदै गएको अवस्थामा रेमिटयान्स प्रवाह प्रभावित हुन सक्ने उनले बताए। जसका कारण खाडी देशमा आश्रित जनशक्तिको रोजगार गुम्दा रोजगारीको सुरक्षाको चुनौती बढ्ने अधिकारीले बताए। नेपालको लागि आवश्यक पर्ने इन्धन भारतबाट आयात गर्ने गरेको छ।
भारत आफैँ कच्चा तेलका लागि इरानलगायतका विभिन्न देशबाट ल्याउने गरेका छ। जसको कारण नेपालमा इन्धन आपूर्तिमा समेत चाप पर्छ। इन्धन आपूर्तिमा चाप पर्दा महँगी बढ्न सक्ने अर्थविद अधिकारीले बताए। नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा इन्धन आपूर्ति श्रंखलामा खलबल आउने बितिकै यातायात भाडादर बढ्न पुग्छ। जसका कारण तरकारी तथा खाद्यान्न महँगो हुने जोखिम बढ्ने उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ६ महिना अर्थात पुससम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। अमेरिकी डलरमा सो सञ्चिती २२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यस्तो सञ्चित १८ दशमलव १ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। अहिलेको विद्यमान अवस्था लम्बिएको खण्डमा रेमिट्यान्स घट्ने र तेलको मूल्य उच्च रहेमा डलर सञ्चितमा असर गर्ने तथा अन्तर्राष्ट्रिय हवाई रुट मुख्यतया दुबई आबुधावी र सारजहाँ जस्ता प्रमुख ट्रान्जिटहरु प्रभावित हुँदा नेपालको पर्यटन क्षेत्रमा असर पर्छ।
अन्य रुट हुँदै आउनु पर्दा लागत बढ्ने भएकाले गर्दा पर्यटकको आवागमनमा असर पर्ने अर्थविद अधिकारीको बुझाइ छ। पछिल्लो केही दिनयता लगायता खाडी मुलुकका देशमा गरिएको प्रहारबाट त्यहाँको राजनीतिक अस्थिरता, तेल आपूर्तिको अनिश्चितता र विश्व बजारको जोखिम बढाउँछ। जसको प्रत्यक्ष मनोवैज्ञानिक र आर्थिक असर नेपालतर्फ आउँदा यहाँका लगानीकर्ता झन् सतर्क र जोखिम बन्न सक्छन्।
राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता, वैदेशिक मुद्राको सम्भावित कमी, आयात महँगो हुनु र उपभोग घट्नुजस्ता कारणले गर्दा विदेशी पुँजीले नेपाललाई अझ जोखिमपूर्ण गन्तव्यका रूपमा हेर्न सक्छ। सुरक्षित तथा स्थिर बजारतर्फ मोडिनाले नेपालमा वैदेशिक लगानी घट्ने सम्भावना प्रबल रहेको अर्थविद अधिकारीले बताएका छन्।
यता परराष्ट्र मन्त्रालयका अनुसार खाडी मुलुक देशमा करिब १७ लाखभन्दा बढी श्रमिक आबद्ध छन्। मन्त्रालयका अनुसार युएईमा सबैभनदा धेरै ७ लाख नेपाली श्रमिक छन्। साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३ जना श्रमिक छन्। यस्तै इजरायलमा ६ हजार ५ सय बराईनमा २८ हजार, ओमनमा २५ हजार, कुबेतमा १ लाख ७५ हजार श्रमिक आवद्ध छन्। सो देशहरुमा युद्ध बढ्दै गएको अवस्थामा स्वदेश फर्काउनुपर्ने अवस्था आएको खण्डमा बेरोजगार बढाउने श्रम तथा आप्रवासी विज्ञ रामेश्वर नेपालले बताए।
अहिलेको अवस्थामा त्यहाँ भएको नागरिक फर्कको अवस्थामा यसले पार्ने असरभन्दा यो युद्ध कति समयसम्म जान्छ भन्ने विषयलाई मध्ये नजर गरेर सरकारले विशेष रणनीतिक अपनाउनुपर्ने अवस्था आएको छ।