काठमाडौं। नेपालमा वैदेशिक लगानीको समग्र चित्र उत्साहजनक देखिए पनि क्षेत्रगत असन्तुलन भने गहिरिँदै गएको छ। उद्योग विभागको ताजा तथ्याङ्कअनुसार हालसम्म एक खर्ब ८३ अर्ब ३५ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आइसकेको छ।
सात हजार एकभन्दा बढी उद्योगमा आएकाे यो लगानी आएको हाे। यसले तीन लाख ४८ हजार ९० जना रोजगारी सम्भावना बोकेको छ। तर यही तथ्याङ्कले एउटा चिन्ताजनक वास्तविकता पनि उजागर गर्छ- नेपालको खनिज सम्पदा वैदेशिक लगानीकर्ताको रडारमा अझै परेको छैन।
उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार ८ औद्योगिक क्षेत्रमध्ये ऊर्जामूलक क्षेत्रले सबैभन्दा बढी ८८ अर्ब ४७ करोड २८ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएकाे छ। यस क्षेत्रमा ४०३ वटा उद्योग स्थापना प्रतिवद्धता आएको छ र २३ हजार ८९४ जना कर्मचारीले राेजगारी पाउने उल्लेख गरिएकाे छ। नेपालको जलस्रोत सम्भावनाले वैदेशिक लगानीकर्तालाई तानिरहेको यो तथ्याङ्कले पुष्टि गर्छ।
दोस्रो स्थानमा सेवामुलक क्षेत्र रहेको छ, जहाँ ७५ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ। २ हजार ५ वटा उद्योग र ४८ हजार ७७३ जना कर्मचारीले राेजगारी पाउने उल्ल्लेख छ। यो क्षेत्र नेपालको बढ्दो सेवा अर्थतन्त्रको प्रतिबिम्ब हो। त्यसपछि पूर्वाधार क्षेत्रमा ६९ अर्ब ४० करोड ७९ लाख रुपैयाँ लगानी प्रतिवद्धता रहेको छ जसमा ६७६ वटा उद्योग र ५३ हजार २५० जना कर्मचारीको प्रतिवद्धता समावेश छ।
जसमा २३४ वटा उद्योग र १६ हजार ९२ जना कर्मचारीको प्रतिवद्धता आएको छ।
पर्यटन क्षेत्रमा ४४ अर्ब १६ करोड ६७ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ। १ हजार ६३४ वटा उद्योग र ६४ हजार ८८१ जना कर्मचारी जाेडिने सहितको यो क्षेत्र रोजगारी सिर्जनाको दृष्टिले अत्यन्त महत्वपूर्ण देखिन्छ। कृषि तथा वन पैदावारमा आधारित क्षेत्रमा २५ अर्ब ९६ करोड ७० लाख रुपैयाँ लगानी प्रतिवद्धता रहेको छ।
जसमा २३४ वटा उद्योग र १६ हजार ९२ जना कर्मचारीको प्रतिवद्धता आएको छ। उत्पादनमुलक क्षेत्रमा भने १६ अर्ब ९० करोड रुपैयाँ लगानी रहेको छ र यो क्षेत्रमा एक लाख २१ हजार २२४ जना कर्मचारीको प्रतिवद्धता आएको छ जुन रोजगारी सिर्जनाको हिसाबले सबैभन्दा उल्लेखनीय हो।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ९१ करोड ६९ लाख ८६ हजार रुपैयाँ लगानी प्रतिवद्धता रहेको छ जसमा ४९० उद्योग र १६ हजार ५४५ जना कर्मचारीको प्रतिवद्धता आएको छ। डिजिटल अर्थतन्त्रको बढ्दो महत्वका बाबजुद यो क्षेत्रमा लगानी अझै सीमित रहेको देखिन्छ।
तर तथ्याङ्कको सबैभन्दा चासोलाग्दो पक्ष भनेको खनिज क्षेत्रको अवस्था हो। विशाल खनिज सम्भावना भएको नेपालमा यस क्षेत्रमा जम्मा २९ करोड ३९ लाख ४० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिवद्धता आएको छ। ४९ वटा मात्र उद्योग र तीन हजार ४३१ जना कर्मचारीको प्रतिवद्धता सहितको यो आँकडा नेपालको खनिज क्षेत्रप्रति वैदेशिक लगानीकर्ताको उदासीनतालाई प्रष्ट पार्छ।
विज्ञहरूका अनुसार खनिज क्षेत्रमा लगानी कम हुनुको पछाडि स्पष्ट नीति अभाव, जटिल कानुनी प्रक्रिया र पूर्वाधारको कमी प्रमुख कारण हुन्। नेपालमा अन्वेषण नभएका अर्बौं रुपैयाँ बराबरका खनिज सम्पदा जमिनमुनि थन्किएको अनुमान गरिन्छ तर लगानीकर्ताहरू भने यसतर्फ आकर्षित हुन सकेका छैनन्।
एकातिर ऊर्जा, पर्यटन र सेवा क्षेत्रमा बढ्दो आकर्षण, अर्कातिर खनिज र प्रविधि क्षेत्रमा अझै अनुत्तरित सम्भावना छ। यो असन्तुलन हटाउन सरकारले लक्षित नीति र सरलीकृत लगानी प्रक्रिया ल्याउन नसकेसम्म नेपालको लगानी आकर्षणको पूर्ण सम्भावना साकार हुन कठिन देखिन्छ।