काठमाडौं। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई पूर्वाधार विकास बैंकलाई ऋण खरिद बिक्री गर्न पाउने समय सीमा थप गरेको छ। केन्द्रीय बैंकले मंगलबार पूर्वाधार विकास बैंकलाई पूर्वाधार विकास बैंकका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै ऋण खरिद बिक्री तथा टेकओभर गर्न पाउँने समय थप गरेको हो।
नयाँ व्यवस्थाअनुसार पूर्वाधार विकास बैंकहरूले अन्य वाणिज्य बैंकहरूबाट पूर्वाधार परियोजनाको ऋण खरिद गर्ने समय सीमा २०८५ असार मसान्त कायम गरिएको छ।
यसअघि पूर्वाधार विकास बैंकले आफ्नो कारोबार सुरु गरेको ४ वर्षसम्म मात्र यस्तो ऋण खरिद वा टेकओभर गर्न पाउने प्रावधान थियो। तर, राष्ट्र बैंकले निर्देशन संशोधन गर्दै अब २०८५ असार मसान्तसम्म यो सुविधा उपयोग गर्न पाउने व्यवस्था गरेको छ।
यस्तो खरिद वा टेकओभर गर्दा पूर्वाधार विकास बैंकले आफ्नो अघिल्लो त्रैमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ (१/३) सम्म मात्र गर्न पाउने छन्। यो सीमा २०८५ असार मसान्तसम्म लागू हुनेछ।
यसअघि कारोबार सुरु गरेको ४ वर्षपछि यस्तो ऋण खरिद बिक्रीसम्बन्धी व्यवस्था स्वतः निष्क्रिय हुने व्यवस्था थियो। यो व्यवस्था २०८५ असार मसान्तपछि मात्र स्वतः निष्क्रिय हुनेछ।
पूर्वाधार विकास बैंकहरूले एक आपसमा मात्र यस्तो कारोबार गर्न पाउने भए पनि राष्ट्र बैंकले तोकेको पूँजीकोष पर्याप्त भएका बैंकहरूले वाणिज्य बैंकहरूबाट पनि पूर्वाधार परियोजनाका कर्जा लिन सक्ने प्रावधान छ।
राष्ट्र बैंकको यो निर्णयले विशेष गरी नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) जस्ता संस्थाहरूलाई ठूला परियोजनामा अन्य बैंकसँग सहकार्य गर्न र ऋण व्यवस्थापन गर्न थप समय र लचकता प्रदान गर्ने छ। यसले पूर्वाधार क्षेत्रमा हुने लगानीलाई थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।