काठमाडौं। अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधबीच आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ।
अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबारदेखि जहाजमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार पसार र बिक्रीलाई अनुमति दिएको छ।
सम्बन्धित जहाजको सुरक्षित स्थानान्त्रण चालक दलका सदस्यको स्वास्थ्य वा सुरक्षाको संरक्षण, आपतकालीन मर्मत र वातावरणीय संरक्षणका साथै विभिन्न सेवाहरूका लागि पनि अनुमति दिइएको जनाइएको छ।
अनुमतिमा लेनदेनमा अमेरिकामा इरानी मूलको कच्चा तेल र पेट्रोलियम उत्पादनहरूको आयात समावेश रहेको छ।
अस्थायी तथा छोटो अवधिको कडाइका साथ पारवहनमा सीमित तेलमा मात्र अनुमति दिएको उल्लेख गर्दै नयाँ खरिद वा उत्पादनलाई अनुमति नदिने अमेरिकी स्रोतले जनाएको छ।
वासिङ्टनले यसअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहयोगमा आपतकालीन तेल भण्डार अतिरिक्त रुसी र भेनेजुएलाको तेलमा प्रतिबन्धहरू कम गरिसकेको छ।
संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीचको युद्ध तीन हप्तासम्म चलेको छ। जसले स्ट्रेट अफ हर्मुज हुँदै ढुवानीलाई गम्भीर अवरुद्ध गरेको छ।
युद्ध लम्बिएसँगै अमेरिकाले हर्मुजमा देखिएको संकट समाधान गर्न विश्व समूदायसँग सहयोग माग गरिरहेको छ। यसबीच युरोपेली मुलुकहरूले समेत सहयोग गर्न अस्वीकार गर्दै आएका छन्।