काठमाडौं। नेपालको अग्रणी राइड हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इन ड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभ अवे’ अभियानका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। उक्त अभियानमा चालक साझेदारको उत्साहजनक सहभागिता थियो।
१५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको यस अभियानको मुख्य उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्नु थियो।
साप्ताहिक चुनौतीहरू, आकर्षक प्रोत्साहन तथा दुई वटा प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले उत्कृष्टर प्रतिबद्ध चालक साझेदारहरूको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ । अभियानका प्रमुख विजेताहरू यस प्रकार छन्
टाटा एक्सप्रेस टी इभी (क्याब चालक श्रेणी)- तुम बहादुर थापा मगर
टिभीएस राइडर (बाइक/मोटोराइडर श्रेणी)- अशेष मगर
दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनोट भएका हुन्।
ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कार पनि वितरण गरिएको थियो। जसमा समावेश छन्स्
१५ जना विजेतालाई रेड्मी नोट १४ फाइभ जी स्मार्टफोन
३० जना विजेतालाई अलटिमा अटोम १९२ ब्लुटुथ इयरबड्स
३० जना विजेतालाई अलटिमा साइकल स्मार्टवाच
१,५०० जना विजेतालाई पेट्रोल भौचर