काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले ग्लोबल मनी विकअन्तर्गत स्मार्ट मनी टक्स नारासहित सातै प्रदेशमा रहेका १०८ शाखाबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत २ देखि ८ सम्म सञ्चालित कार्यक्रममा ६ हजार जनालाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान दिइएको बताएको छ।
बैंकले कोसी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी–२, डाँगीहाट र विराटनगर, मधेसको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन र राजविराजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।
यस्तै, बागमतीको चरीकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर, धार्के, हेटांैडा, नयाँ बानेश्वर, सिन्धुली, देवीघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काडाघारी, कुपन्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथली, गण्डकीको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा,पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौलीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो।
बैंकका अनुसार लुम्बिनीको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिमरुख, लमही, मुरगिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमही र जितपुर, कर्णालीको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सहभागीलाई बैंक तथा वित्तीय कारोबारसम्बन्धी जानकारी दिइएको थियो।
कार्यक्रममा नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न सुझाव दिइएको बैंकले बताएको छ। हाल बैंकले २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।