काठमाडौं। नवनियुक्त १४ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए। शपथका लागि वटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरेका थिए।
को–को बने मन्त्री
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन्।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्।
तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्।
सुनील लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्।
विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन्।
खड्कराज पौडेल (गनेश)ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन्।
सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्।
विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन्।
सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह ९महोत्तरी० ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन्।
सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन्।