काठमाडौं। पेसागत बिमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ बीमक समितिको अध्यक्षमा राजेन्द्रबहादुर चन्द सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रवार बुटवलमा आयोजित नेशनल लाइफ बीमक–पेसागत अभिकर्ता संघको दोस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा चन्द सर्वसम्मत रूपमा चयन भएका हुन्।
समितिको वरिष्ठ उपाध्यक्षमा शंकर लामिछाने, उपाध्यक्षहरूमा क्रमशः याम कुमार राई, राजेश यादव, लीला कुमारी अधिकारी, भवानी प्रसाद अधिकारी, चूडामणि सुवेदी, पुष्पा खड्का र मञ्जु भट्ट चयन भएका छन्। साथै, सचिवमा यतिराज अधिकारी, सहसचिवहरूमा क्रमशः मनोज कुमार अधिकारी, राधिका कुमारी बस्नेत र नीराजन राई चयन भएका छन्।
साथै, नवगठित समितिको कोषाध्यक्षमा श्याम कुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा वसन्त थापा र केन्द्रीय सदस्यहरूमा क्रमशः भोला शाह, नेपालमान श्रेष्ठ, चन्दाकुमारी रविदास, वविता कुमारी सिङदन, रेखा देवी ठाकुर, नागेन्द्रकुमार दास, गोपाल अधिकारी, टेकराज मगर, हिरालाल श्रेष्ठ, सन्तोष गुरुङ, प्रदीप दाहग्ले, शर्मिला अर्याल पाण्डे, नवीन काफ्ले, पूर्णबहादुर महतराज, रतन सिंह चाट, सन्तराज ठकुल्ला र भक्तबहादुर बुढा सर्वसम्मत रूपमा चयन भएका छन्।