काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समूहले प्यानल नै उम्मेदवारी घोषणा गरेको छ। एशोसिएटसतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी घोषणा गरेकी छिन्।
वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकालले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले टिम बनाउने नाममा फोहोरी खेल खेलेको भन्दै आफूलाई सैह्य नहुने बताएका हुन्।
उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ। यसै गरी सदस्यहरूमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, नीराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बन्जाडे र विप्लव अधिकारी रहेका छन्।
यस्तै महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधीर पराजुली रहेका छन्। वस्तुगततर्फको सबै क्षेत्रलाई समावेश गरेर बनाइएको सो समूह सबैभन्दा सशक्त र बलियो रहेको छ। उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आइटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टिम निर्माण गरिएको छ।