काठमाडौं। स्मार्टच्वाइस टेक्नोलोजिज (SCT) ले सिटीटेक ग्रुप प्रालि सँग डिजिटल भुक्तानी क्षेत्रका लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौतागरेको छ। यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार (payment acceptance) प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
यो साझेदारी पश्चात् सिटी टेकको हार्डवेयर (FinPOS) मा SCT को प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ । जसमा विभिन्न कार्ड स्किम हरू (Visa, UnionPay, NepalPay, etc.) तथा Dynamic QR का लागि SmartQr मार्फत डिजिटल भुक्तानीलाई सपोर्ट हुनेछ।
यस साझेदारीमार्फत SCT को सशक्त भुक्तानी पूर्वाधार (payment infrastructure) लाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य (scalable) POS डिभाइस उपलब्ध गराइने जनाइएको छ।
POS Acquiring व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरू यो सेवाबाट लाभान्वित हुन सक्नेछन् । कार्ड स्किमहरूको छुट्टाछुट्टै सदस्यता ,प्रविधि मा गर्नु पर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरूका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने जनाइएको छ।
SCT डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाइएको छ । भुक्तानी प्रणालीको विस्तार गर्न FinPOS सँग को साझेदारी गरिएको हो।
एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ। SCT ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत SCT-UnionPay कार्ड र VISA कार्ड जारी गर्ने तथा VISA, RuPay, MasterCard तथा Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।
विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो। SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT अन्तर बैंक भुक्तानी सेवा, Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ।