काठमाडौं। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ।
अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन बर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि वृद्धि हुने र रोजगारी पनि बढ्ने बताए।
सो छलफलको क्रममा मन्त्रीले सरकार राजश्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै नीजिक्षेत्र मैत्री नीति ल्याइने आश्वासन दिए। यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासंग पुनः छलफल गर्ने बताए।
सोहि छलफलको क्रममा अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनु पर्ने आवश्यकता रहेको भन्दै वर्तमान अवस्थामा सिकेडीलाई सजिलो भए पनि उद्योगहरुलाई भने कठीनाई भईरहेको बताए।
आफनो धारणा राख्ने क्रममा अध्यक्ष उपे्रतीले टायरटयूव व्याट्री, लुविकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोवाइल वस्तुहरु नेपाल मै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउँदै सरकारले अटोमोवाइल वस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनु पर्ने धारणा राखे।
सोही भेटघाटको क्रममा अध्यक्ष उपे्रतीले नाडाकोतर्फबाट ३६ बुँदे लिखित राय सुझावहरु समेत पेश गरे। सो छलफलको क्रममा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीज्यूले नेपालमा अटोमोवाइल कम्पोनण्ट उद्योगहरुको ठूलो सम्भावना रहेकोे बताए।
यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुको सम्बद्र्धन र प्रवद्र्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गरे।
सोहि क्रममा श्रेष्ठले भारतमा जियसटि घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखे। यसैक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई प्रत्सय दिनु पर्ने बताए। उक्त छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति रहेको थियो।