काठमाडौं। भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले हालै सम्पन्न आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ। यो हाल सम्म वार्षिक रुपमा सबैभन्दा धेरै संख्याको बिक्री हो।
भारतीय आर्थिक वर्षको अन्तिम महिना अर्थात मार्चमा कम्पनीले १० हजार ५७९ अर्थात अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.८ प्रतिशत बढी बिक्री गरेको छ।
यसप्रकारको महत्वपूर्ण माइलस्टोन हासिल हुनुले भल्वो आइसर पार्टनरसिपको सुरुवाती चरणमै राखिएको दीर्घकालीन दृष्टिकोणले लिएको साकार रुपलाई झल्काउँछ र कमर्सियल सवारी उद्योगमा भीईसीभीको वृद्धि भइरहेको तीव्र गतिलाई जोड दिन्छ।
भीईसीभीको यो उपलब्धिमा कम्पनीका लाइट र मिडियम ड्यटी ट्रक, हेभी ड्युटी ट्रक र बस जस्ता सवारी साधनले भूमिका खेलेका छन्। यो अवधिमा सबैभन्दा बढी अर्थात ४६.१ प्रतिशत भूमिका लाइट एन्ड मिडियम ड्युटी ट्रकको छ। यी सवारी साधन ४७ हजार ७८९ युनिट बिक्री भएका छन्।
त्यसैगरी हेभी ड्युटी ट्रक २६ हजार ८६७ युनिट बिक्री भएका छन्। यी सवारी साधनको समग्र बिक्रीमा भूमिका २५.९ प्रतिशत छ। त्यसैगरी १९ हजार ३६३ अर्थात १८.७ प्रतिशत बस बिक्री भएका छन्।
भीईसीभीले विभिन्न उत्पादन उपलब्ध गराइरहेको छ र बेस्ट इन क्लास इन्धन दक्षता, उत्कृष्ट सञ्चालन समय अर्थात सुपेरियर अपटाइम र ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने कार्यलाई जारी राखेको छ।
सन् २००८ देखि यी दुई ग्रुपको साझेदारी बने पश्चात भल्वो ग्रुपको ग्लोबल टेक्नोलोजीमा भएको विशेषज्ञता र आइसर मोटर्सको मार्केटिङ सम्बन्धी गहिरो बुझाई दुवैलाई जोडेर कमर्सियल मोबिलिटीको बेन्चमार्कलाई पुनःपरिभाषित गर्नमा भूमिका निर्वाह गरेको छ। नेपालमा भीईसीभीको आधिकारिक वितरक बतास एमएडब्लु हो।
यस प्रकारको ऐतिहासिक यात्राको एक भाग हुन पाएकोमा बतास एमएडब्लुले गर्व महसुस गरेको बताएको छ। आगामी दिनमा समेत यस प्रकारको एड्भान्स्ड मोबिलिटीलाई ग्राहक बिचमा ल्याउने र नेपालको यातायात क्षेत्रको विकासका लागि क्रियाशील रहने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ।