पोखरा। कान्तिपुर होटल ट्रेनिङ सेन्टरद्वारा आयोजित राष्ट्रिय स्तरको पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप पोखरामा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा नेपालका विभिन्न जिल्लाहरू—काठमाडौं, बिर्तामोड, चितवन, बुटवल, इटहरी, धनगढी, झापा, कैलाली तथा पोखराबाट गरी ३६ जना प्रतियोगीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो। प्रथम स्थान हासिल गर्ने प्रतियोगीले ४० हजार रुपैयाँ नगदसहित बार टुल सेट, सेतो बाघ भोड्का, कफी प्याकेट, सम्मानपत्र तथा प्याराग्लाइडिङ टिकट प्राप्त गरे।
त्यसैगरी दोस्रो स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँ नगद, बार टुल्स र कफी प्याकेट प्राप्त गरे भने तेस्रो स्थानका विजेताले १५ हजार रुपैयाँ र चौथो स्थानका विजेताले ७ हजार रुपैयाँ प्राप्त गरे।विशेष विधाअन्तर्गत उत्कृष्ट ककटेल बनाउने र उत्कृष्ट बोतल घुमाउने प्रतियोगीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डलमा युवराज पुन (काठमाडौं), ऐला विशेषज, सुरज महर्जन (स्टेप अप हस्पिटालिटी), विष्णु सारु तथा ऋत्भ्ख्त् का शैलेन्द्र साही रहेका थिए। वि.सं. २०६० सालमा स्थापना भएको कान्तिपुर होटल ट्रेनिङ सेन्टरले हालसम्म २८,००० भन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको छ।
यस प्रतियोगितामार्फत बारटेन्डर पेशामा संलग्न व्यक्तिहरूलाई सम्मान, प्रेरणा तथा सीपको कदर गर्ने र नयाँ पुस्तालाई सीपको महत्व बुझाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। संस्थाका संस्थापक अध्यक्ष विजय पौडेलका अनुसार यस्ता कार्यक्रमहरूले आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ