काठमाडौं। अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ। जुन दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको छ।
डिजाइनः रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन इयर कर्भ डिजाइन प्रयोग गरिएको छ। जसले लामो समय प्रयोग गर्दा पनि दबाब कम हुने भएकाले असहज हुँदैन। यसको हल्का बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र समाउन÷बोक्न पनि सजिलो छ।
ब्याट्री र चार्जिङः यी बड्सले एक पटक चार्ज गर्दा बढिमा ७ घण्टा र चार्जिङ केससहित ३७ घण्टासम्म प्रयोग गर्न सकिन्छ। १० मिनेटको छिटो चार्जले करिब २ घण्टा प्रयोग गर्न मिल्ने ब्याट्री दिन्छ । सुधारिएको ब्याट्री क्षमताका कारण बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता पनि हुँदैन।
प्रदर्शन (परफर्मेन्स)ः राम्रो साउण्डका लागि बनाइएका यी इयरबड्समा ठूलो टाइटानियमयुक्त ड्राइभर राखिएको छ। यो टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट र राम्रो साउण्ड दिन्छ। एएसी कोडेकले अडियो डेटा कम्प्रेस गर्दा पनि आवाजको विवरण जोगाएर राख्छ र गुणस्तर घट्न दिँदैन । त्यसैले तपाईँले स्पष्ट, विस्तृत र गहिरो (इमर्सिभ) ध्वनी पाउनु हुनेछ।
न्वाइज रिडक्सन प्रविधिः प्रयोगकर्ताले डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोगले अझ स्पस्ट आवाज सुन्न र बोल्न सक्ने छन्। यसको प्रयोगले वरपरको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउँछ। साथै, हावाको आवाज कम गर्ने प्रविधिले ६ मिटर प्रति सेकेन्डसम्मको हावाको चापमा पनि राम्रो प्रदर्शन गर्दछ।
स्मार्ट कनेक्टिभिटीः गुगल फास्ट पियरको सहयोगले छिटो र सहज रूपमा कनेक्ट गर्न सकिन्छ। साथै, दुई वटा डिभाइससँग एकैचोटि कनेक्ट हुने सुविधा भएकाले सजिलै स्विच गर्न मिल्छ।
पानी र धुलो प्रतिरोधः यी बड्स पानीका छिटा र धुलोबाट सुरक्षित छन्। त्यसैले यात्रा, दैनिक आवागमन वा व्यायाम गर्ने समयमा पनि प्रयोग गर्न उपयुक्त छन्।
उपलब्धताः रेडमी बड्स ८ एक्टिभ कालो र सेतो दुई रंगमा उपलब्ध छ । यसको मूल्य रु. ४,४९९ रहेको कम्पनीले जनाएको छ।