काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ज्योति विकास बैंकको खुद नाफा १०५.३० प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
बैंकद्वारा सार्वजनिक चालू आवको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको वितरणयोग्यनाफा भने ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक छ।
गत वर्षको सोहीअवधिमा बैंकको यस्तो नाफा ५६ करोड ८७ लाख रुपैयाँ ऋणात्मक थियो। बैंकको खुद ब्याज आम्दानीमा ०.७८ प्रतिशतको सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज ५२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ८४ लाख रुपैयाँमा सीमित हुनाले खुद नाफा दोब्बरभन्दा बढीले बढ्न सहयोग पुगेको हो।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि ९ रुपैयाँ ७९ पैसाको बढेर भई १९ रुपैयाँ ०९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ।
बैंकले समीक्षा अवधिमा ६४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो असारको तुलनामा क्रमशः ६.६३ प्रतिशत र ६.०९ प्रतिशतको वृद्धि हो।
४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। बैंकको सञ्चालन मुनाफा १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख पुगेको छ भने फी तथा कमिसन आम्दानीमा ५५.३६ प्रतिशतले वृद्धि भएको छ।
यद्यपि, बैंकको खराब कर्जा (एनपिएल) भने ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको भने नेट एनपिएल १.३७ प्रतिशतबाट २.३६ प्रतिशत पुगेको छ।
हाल बैंकको प्राथमिक पुँजी ८.८६ प्रतिशत, कुल पुँजी १३.६९ प्रतिशत, आधार दर ५.९५ प्रतिशत, स्प्रेडरेट ४.१७ प्रतिशत र सिडी रेसियो ८१.४५ प्रतिशत कायम भएको छ।