काठमाडौं। उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। एसोसियटतर्फ कार्यसमिति सदस्य संख्या १७ जनाका लागि भएको मतपरिणाम सार्वजनिक भएको छ।
अन्तिम मत परिणामअनुसार सर्वाधिक मत सचिन ढकालले ल्याएका छन्। उनले १३१८ मत ल्याउँदा हेमन्त गोल्छाले १२०२ मत ल्याएका छन्।
अम्बिकाप्रसाद पौडेलले ११८३ मत ल्याउँदा उज्ज्वलकुमार श्रेष्ठले ११५६ मत ल्याएर विजयी भएका छन्। यसैगरी ऋषि अग्रवालले ११२२, कृष्णलाल महर्जनले ९७४, ईश्वरबहादुर जिसीले ९४९, दिवस न्यौपानेले ९९१ मत ल्याएर विजयी भएका छन्।
यस्तै, बाबुकाजी कार्कीले १००६, राजेशकुमार अग्रवालले १०८२, रामशरण भण्डारीले १०४३ मत ल्याएर विजयी भएका छन्। शक्तिकुमार बेगानीले ११४२ मत, सुयस प्याकुरेलले १०६९, सुशील थापाले १०९४ मत ल्याएका छन्।
निर्वाचन समितिका अनुसार, प्रियराज रेग्मीले ९५४, ईश्वरबहादुर जिसीले ९४९, सुरज उप्रेतीले ९०७ ल्याएर विजयी भए।
यस्ताे छ नतिजा
