पछिल्लो केही वर्षयता भारतले प्रविधिको क्षेत्र अर्थात् एआईमा ठूलो परिवर्तन गरेर आफूलाई विश्वमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ। साेही कारण विश्वभरका मुलुकमा भारतले कृत्रिम बुद्धिमता अर्थात् एआईको विकासमा आफूलाई तेस्रो स्थानमा उभ्याउन सफल भएको हो।
भारतले आफ्नो इलेक्ट्रिक उत्पादन उपकरणमा प्रयोग हुने चिपको विकास उत्पादन र अनुसन्धानलाई प्रशय दिन्छ। यी क्षेत्रलाई निकै महत्व र रणनीतिक योजनाका साथ अगाडि बढाएको छ। भारतीय सेमिकन्डक्टर मिसनमार्फत देश अहिले आत्मनिर्भर र शक्तिशाली बन्दै गएको हो। पाँच वर्षअघि एउटा सानो नीतिबाट सुरु भएको यो अभियान आज देशभरि ठूला कारखाना र नयाँ आविष्कारसँगै विशाल बनेको छ।
भारतले आज पाएको यो सफलताको श्रेय मोहालीको सेमिकन्डक्टर प्रयोगशाला र भारतीय अन्तरिक्ष अनुसन्धान संगठनलाई जान्छ। विगत पाँच वर्षअघि कोरेको सपनाले आज ठूलो प्रतिफल दिएको छ,जुन उपलब्धि आज हाम्रो सामु उभिएको छ।
भारतको इलोक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले बनाएका नीति तथा सहुलियत कार्यक्रमका कारण आज विद्युतीय सामाग्रीको उत्पादन तथा प्रशोधनका लागि एउटा कोसेढुंगा बनेको हो। भारतले इलेक्ट्रिक सामानको उत्पादन बढाउन लिएको नीतिले स्वदेशी उत्पादनलाई प्रोत्सान गर्दै छिमेकी देश तथा मित्रराष्ट्रमा आफ्नो सामानलाई प्राथमिकता दिन मद्दत गर्छ।
यसले देशभरि साना तथा मझौला उद्योगको सञ्जाल बनाउन सहयोग पुर्याउँछ। साेही कारण इलेक्ट्रिक्स सामानको आपूर्ति प्रणाली बलियो हुन्छ। यसले प्रत्येक जिल्लाको आफ्नै विशिष्ट उत्पादन प्रवर्द्धन गर्ने एक जिल्ला, एक उत्पादन कार्यक्रमलाई पनि सफल बनाउन मद्दत गर्छ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष इलेक्ट्रिक उत्पादन योजनाले विश्वभरका सेमिकन्डक्टर कम्पनीलाई देशमा व्यापार सुरु गर्न र सहकार्य गर्न आकर्षित गरिरहेका छन्। केनिज, फक्सन र माईक्रोनजस्ता विश्व प्रख्यात कम्पनीले सेमिकन्डक्टर चिप उत्पादनका लागि भारतलाई रोज्नुका पछाडि थुप्रै कारणहरु रहेका छन्। जसमध्ये भारतमा रहेको दक्ष जनशक्ति, डिजिटल पूर्वाधार व्यापारका लागि प्रमुख गन्तव्य हो।
भारतले लिएको नीति र सहुलियत कार्यक्रम र यहाँको उपयुक्त वातावरणका कारण त्यहाँकाे अर्थतन्त्रमा निकै ठूलो प्रभाव पर्नुका साथै विश्व बजारमा उसकाे स्थान निकै माथि र मजबुत रहनेछ। भारतीय कम्पनी केनिज टेक्नोलोजीले गुजरातको सानादमा आफ्नो अत्यधिक सेमिकन्डक्टर प्लान्ट सुरु गरेको छ। यसले भारतमा क्रान्तिकारी चिप उत्पादनको सुरुवातलाई संकेत गर्छ।
अहिले भारतको विभिन्न राज्यले चिप प्रविधिसम्बन्धी विकास तालिम वा योजनासम्बन्धी खाका तयार गरिरहेका छन्। मुख्यतया भारतको राजधानी सहर नयाँ दिल्लीले सेमिकन्डक्टर इनोभेसनलाई प्रमुख केन्द्र बनाउने लक्ष्य राखेका छ। यसले सेमिकन्डक्टरको डिजाइन र अनुसन्धानमा मात्र नभई रोजगारी अवसर र विद्यार्थीका लागि इन्टर्नसिपजस्ता सम्बन्धित गतिविधिको मार्गप्रशस्त गर्नेछ।
विभिन्न स्थानमा स्थापना भएका १० वटा उत्पादन प्लान्टको सहयोगमा भारत अब आफ्नै देशमा सेमिकन्डक्टर चिप बनाएर विश्व बजारमा प्रभुत्व जमाउन तयार भइसकेको छ। भारत सरकारका प्रोडक्सन लिङ्क्ड इन्सेन्टिभ र डिजाइन लिङ्क्ड इन्सेन्टिभजस्ता अग्रगामी योजनाले सेमिकन्डक्टर निर्माण र नयाँ खोजलाई ठूलो शक्ति प्रदान गरेका छन्।
यसैगरी, ओडिसा राज्यमा थ्री–डी ग्लास सोलुसन्समार्फत अघि बढाइएको हेटेरोजेनियस इन्टिग्रेसन प्याकेजिङ सोलुसन्स आयोजनाले भारतको पकडलाई अझ बलियो बनाउन मद्दत गरेको छ।
अन्तर्राष्ट्रिय स्तरका उद्योगले अहिले विभिन्न राज्यमा ग्लोबल क्यापेबिलिटी सेन्टर्स खोल्न ध्यान दिइरहेका छन्, जसले अनुसन्धान र प्रविधिको विकासमा नयाँ बाटो खोल्ने छ। भारतीय सेमिकन्डक्टर मिसनले देशभरका शैक्षिक संस्थाहरूलाई पनि विश्वस्तरीय डिजाइन टुल्सको सहयोगमा नयाँ प्रविधि विकास गर्ने अवसर दिइरहेको छ, जहाँ विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता प्रयोग गर्न पाउने छन्। यति मात्र नभई, यो कार्यक्रमले रक्षा क्षेत्रको कार्यक्रमलाई पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
उदाहरणका लागि, आईआईटी कानपुरसँगको सहकार्यमा सुरु गरिएको नेसनल सेन्टर फर फ्लेक्सिबल इलेक्ट्रोनिक्स हो। यसले लचिलो इलेक्ट्रिक प्रयोग र विकासमा काम भइरहेको छ।
भारतमा निर्माण भएको सेमिकन्डक्टर चिपले मिसाइलदेखि युद्धमैदानमा खटिएका सैनिकका लागि आवश्यकताको परिपूर्ति गर्नेछ। राष्ट्रिय सेमिकन्डक्टर कार्यक्रमलाई राष्ट्रिय महत्वपूर्ण मिसनसँग जोडिएको छ, जसले दुर्लभ तत्व र चुम्बकको उपलब्धतालाई सहज बनाउँछ। यस्ता प्रकारका चिपलाई कृत्रिम बुद्धिमत्तासँग जोडेर उच्च क्षमताका सुपरकम्प्युटिङ एआई चिप्स बनाउन सकिन्छ।
दक्ष जनशक्ति उत्पादनका लागि इलेक्ट्रिक सेक्टर स्किल काउन्सिलले डिजिटल स्किल हबमार्फत आधुनिक तालिम दिइरहेको छ। सेमिकन्डक्टर प्रयोगशाला मोहालीले शैक्षिक संस्थाहरूसँग मिलेर विद्यार्थीलाई इन्टर्नसिप र प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्दै क्लिनरुमजस्ता सुविधाको अवलोकन गराइरहेको छ।
भारतको मद्रासले प्रारम्भ गरेको इलेक्ट्रोनिक साइन्स अनलाइन कार्यक्रमले विद्यार्थीलाई परीक्षाबिनै सेमिकन्डक्टर क्षेत्रमा लाग्ने अवसर दिएको छ। साथै, सो कार्यक्रममार्फत विद्यार्थी र शिक्षकले बेंगलोर बम्बई र दिल्लीका अत्याधुनिक प्रयोगशालमा डिजाइन र निर्माण गर्ने प्रत्यक्ष अनुभव गरिरहेका छन्। सेमिकन्डक्टर कार्यक्रमका लागि लिएको नीतिले आत्मनिर्भर भारत बन्ने र विकसित भारततर्फ अघि बढ्ने लक्ष्यमा केन्द्रित रहेको छ।
(लेखकः हिन्दुस्तान कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, मथुराका इन्स्टिच्युट इन्डस्ट्री इन्टरफेस प्रोग्रामप्रमुख हुन्)