काठमाडौं। जापानी अटो निर्माता कम्पनी होन्डा मोटरले सेयर बजारमा सूचीकृत भएको ७० वर्षपछि पहिलो पटक वार्षिक घाटा बेहोरेको घोषणा गरेको छ। विद्युतीय सवारी (ईभी) व्यवसाय पुनर्संरचनाका कारण ९ अर्ब डलरभन्दा बढी खर्च हुँदा आर्थिक क्षति बेहोर्नुपरेको हो।
होन्डा मोटरले सन् १९५७ मा सेयर बजारमा सूचीकृत भएपछि पहिलो पटक यस्तो वार्षिक नोक्सानी सार्वजनिक गरेको हो। कम्पनीले ईभी क्षेत्रमा ठूलो लगानी गरेपछि पहिलोपटक वार्षिक घाटा बेहोर्नुपरेको बताएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोशिहिरो मिबेले होन्डाले सन २०३० सम्म नयाँ गाडी बिक्रीको २० प्रतिशत ईभी बनाउने लक्ष्य रहे पनि हालका लागि त्यसलाई स्थगन गरिएको जनाएका छन्।
ट्रम्प प्रशासनले अमेरिकाको उत्सर्जनसम्बन्धी नियम परिवर्तन गरेपछि र अमेरिकी क्रेताका लागि पाइने ४७,५०० डलरको कर छुट खारेज गरेपछि होन्डालगायत अन्य विश्वव्यापी कार निर्माताले आफ्ना विद्युतीय सवारी उत्पादनसम्बन्धी योजनालाई कम गर्दै लगेका छन्।
२०४० सम्म सम्पूर्ण बिक्रीलाई विद्युतीय वा फ्युल–सेल सवारीमा रुपान्तरण गर्ने योजना र ईभी तथा ब्याट्री उत्पादनका लागि प्रस्तावित ११ अर्ब डलरको परियोजना पनि अनिश्चितकालका लागि रोकेको छ। चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न होन्डाले पछिल्लो समय आफ्ना प्लान्टलाई विद्युतीय संरचनामा लगिरहेको छ।
मार्चसम्मको आर्थिक वर्षमा होन्डाको सञ्चालन घाटा ४१४ अर्ब ३० करोड येन पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ खर्ब येन नाफा कमाएको थियो।
मार्चमा सकिएको व्यावसायिक वर्षमा ईभी व्यवसायसँग सम्बन्धित घाटा १४ खर्ब ५० अर्ब येन पुगेको कम्पनीको भनाइ छ। म्याक्वेरीका मोबिलिटी अनुसन्धान प्रमुख जेम्स होङले होन्डाको रणनीतिक कार्यान्वयन धेरै ढिलो भएको बताएका छन्।
ट्रम्प प्रशासनले अमेरिकाको उत्सर्जनसम्बन्धी नियम परिवर्तन गरेपछि र अमेरिकी क्रेताका लागि पाइने ४७,५०० डलरको कर छुट खारेज गरेपछि होन्डालगायत अन्य विश्वव्यापी कार निर्माताले आफ्ना विद्युतीय सवारी उत्पादनसम्बन्धी योजनालाई कम गर्दै लगेका छन्। सेप्टेम्बरमा कर छुट समाप्त भएपछि ईभीको बिक्रीमा तीव्र गिरावट आएको छ भने इरानसँग युद्धमा होमिएसँगै पेट्रोल मूल्यमा भएको वृद्धिले पनि ईभी माग बढ्ने नसकेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।
मार्चमा समाप्त भएको आफ्नो आर्थिक वर्षका लागि, होन्डाले रिपोर्ट गरेअनुसार उसले आफ्नो आम्दानीमा १.६ ट्रिलियन येन (लगभग ४१० अर्ब डलर) को ठूलो नोक्सानी बेहोरेको छ। यसले गर्दा उक्त वर्ष हुनसक्ने सम्भावित ४७.४ अर्ब डलरको नाफा पूर्ण रूपमा नोक्सान भएको छ। कम्पनीले ४०३.३ अर्ब येन (अर्थात् ४२.६ अर्ब डलर) को खुद घाटा बेहोरेको रिपोर्टमा उल्लेख छ।
होन्डाले चालू आर्थिक वर्षमा पनि आफ्नो अघिल्लो ईभी लगानीमा थप घाटा हुन सक्ने संकेत गरेको छ। होन्डाको यो नतिजा जनरल मोटर्सपछि आएको हो, जसले सन् २०२५ मा ईभी योजनाबाट पछि हट्दा ४७.२ अर्ब डलरको नोक्सानी बेहोरेको थियो।
त्यस्तै, प्रतिस्पर्धी फोर्डले सो वर्ष ४१७.४ अर्ब डलरको नोक्सानी घोषणा गरेको थियो भने कार निर्माता टेलान्टिसले २५.४ अर्ब यूरो (अर्थात् ४२९.७ अर्ब डलर) को नोक्सानी बेहोरेको विवरण सार्वजनिक भएका छन्।–एजेन्सी