भारतको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृत्रिम बुद्धिमताले क्षेत्र अहिले एउटा अभूतपूर्व र रूपान्तरणकारी चरणमा प्रवेश गरेको छ। जहाँ विकासको गति केवल प्रविधिमा मात्र सीमित नभएर विभिन्न सरोकारवालालाई जोड्ने साझा मञ्चका कारण अघि बढेको छ।
विगतमा एआईको प्रयोग केही ठूला र सीमित प्रविधि कम्पनीमा मात्र खुम्चिएको अवस्थामा आज यो दायरा निकै फराकिलो भएको छ। अहिले साना स्टार्टअपदेखि स्वतन्त्र रुपमा काम गर्नेहरूले आफ्नै नवप्रवर्धनात्मक एआई उपकरणहरू निर्माण गरिरहेका छन्। अर्कोतर्फ ठूला उद्योगहरूले आफ्ना दैनिक व्यावसायिक कार्य प्रणालीमा एआईलाई तीव्र रूपमा एकीकृत गरिरहेका छन्।
देशभरि फैलिएका यस्ता आविष्कारक समूहको सक्रियताले भारतमा प्रविधिको एउटा जीवन्त र गतिशील वातावरण तयार बनाएको छ। यस्तो दूरगामी परिवर्तनको सबैभन्दा महत्वपूर्ण पक्ष यसको व्यापकता र सर्वसुलभता हो। यसले एआई अब अनुसन्धान प्रयोगशालाको घेराभन्दा बाहिर निस्किसकेको छ। क्लाउड पूर्वाधार र ओपन सोर्स औजारको सहज उपलब्धताले गर्दा जोसुकै प्रतिभावान व्यक्तिलाई नयाँ-नयाँ प्रयोगहरू गर्न सम्भव तुल्याएको छ।
यसले देशमा एउटा बलियो बिल्डर इकोनोमी निर्माणमा आधारित अर्थ व्यवस्थाको जगको थालनी गरेको छ। विगतका प्रविधि लहरमा नयाँ विकास गर्ने शक्ति र स्रोत साधन केवल सीमित ठूला संस्थासँग मात्र हुन्थ्यो। तर, वर्तमान समयमा साना र ठूला सबै मिलेर काम गर्ने एउटा साझा र विस्तारित इकोसिस्टम निर्माण भएको छ। जहाँ निरन्तर विचारको आदानप्रदान र नवप्रवर्तन भइरहेको छ।
यही सहकार्यको आवश्यकतालाई परिपूर्ति गर्न इटी एआई हेकाथोन अर्थात द इकोनोमिक टाइम्सद्वारा आयोजना गरिएको कृत्रिम बौद्धिकता अर्थात एआईसम्बन्धी प्रतिस्पर्धा हो। यस्ता प्लेटफर्महरूले नयाँ सोच र ऊर्जा भएका युवा प्रतिभा तथा बजारका वास्तविक समस्यासँग जुधिरहेका ठूला कम्पनीलाई एकै ठाउँमा ल्याउने पुलको काम गर्छन्।
यसले सैद्धान्तिक विचारहरू तत्कालै व्यावहारिक र उपयोगी प्रविधिमा रूपान्तरण हुन पाउँछन्। यो त्रिपक्षीय सहकार्यबाट कम्पनीहरूले बजारका उदीयमान ट्रेन्डहरू बुझ्न पाउँछन्। विकासकर्ताले वास्तविक औद्योगिक चुनौती समाधान गर्ने अमूल्य अवसर प्राप्त गर्छन्। डिजिटल पूर्वाधार प्रदायकहरूले सीधैँ प्रविधि निर्मातासँग जोडिएर काम गर्न सक्छन्।
यस्तै भविष्यको मार्गचित्रलाई नियाल्दा यो नयाँ मोडेलले भारतको प्रविधि क्षेत्रलाई थप बलियो र आत्मनिर्भर बनाउने निश्चित छ। यस्ता मञ्चहरू केवल एउटा प्रतिस्पर्धा मात्र नभएर भविष्यको प्रविधि र उदीयमान प्रतिभाको मिलन गराउने साझा थलो बनिसकेका छन्। जहाँ क्लाउड, सफ्टवेयर र डिजिटल रुपान्तरणमा काम गर्ने हरेक संस्थाका लागि सहभागी हुनु अब रहर नभई व्यावसायिक आवश्यकता बनेको छ।
समग्रमा भारतको प्रविधिको भविष्य कति धेरै कम्पनीले एआई अपनाउँछन्? भन्नेमा मात्र निर्भर नभई, देशले कसरी सामूहिक प्रयोग, बलियो सहकार्य र ठूलो स्तरमा आविष्कार गर्ने वातावरणलाई निरन्तरता दिन सक्छ भन्नेमा अडिएको छ। निर्माणकर्ता, व्यवसायी तथा प्रविधिलाई जोड्ने यस्ता मञ्चहरू भोलिको डिजिटल अर्थतन्त्रका मुख्य आधार स्तम्भ हुने देखिएको छ।– द इकोनोमिक्स टाइम्स