काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ९.२४ अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.२४ अंकले ओरालो लागेर दुई हजार ७७७ दशमलव १० मा सीमित भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अंकले ओरालो लागेर ४७४ दशमलव २९ मा सीमित भएको छ।
कारोबार भएकामध्ये ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको भने घटेको छ। यस्तै, ११ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।
कुल तीन सय ४० कम्पनीको एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० मूल्यमा खरिद–बिक्री भएको छ।
नेप्सेका अनुसार, आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, साहस ऊर्जा, ङ्यादी ग्रुप पावर र अपि पावर कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ।
दिनभरको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडियाका शेयरधनीले कमाएका छन्।
यसैगरी, सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, एनआइसी एसिया बैंक, सालपा विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन्।