काठमाडौं। सामसुङ नेपालले ग्राहकका लागि विशेष ‘अपग्रेड टू ग्यालेक्सी’ अफर घोषणा गरेको छ। यसअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्ट फोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।
अफरमार्फत ग्राहकले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकले शून्य डाउन पेमेन्टमा २४ महिनासम्मको इएमआई सुविधा पनि पाउनेछन्।
ग्राहकले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८,००० सम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार सामसुङ एस२६ अल्ट्रामा १० हजार छुट, ८ हजार एक्सचेन्ज बेनस, एस२६ प्लसमा २३ हजार छुट, ८ हजार एक्सचेन्ज बेनस, एफाइभ७ मा सेभेनमा ५ हजार छुट, ५ हजार एक्सचेन्ज बोनस, ए२६मा १० हजार बोनस, ८ हजार एक्सचेन्ज बोनस, ए३७ मा ५ हजार छुट र ५ हजार एक्सचेन्ज बोनस ग्राहकले पाउनेछन्।
यस्तै, अफरसँगै एनसेल सामसुङ डिभाइसअन्तर्गत एस२६ सिरिजमा ३९९ खरिद गर्दा १५जीबी र १८० जीबी, ए५७,ए३७,ए१७, एम१७ मा २९९ मा १० जीबी डेटा र १२० जीबी डेटा ग्राहकले पाउन सक्ने सामसुङले जनाएको छ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एस२६ सिरिज सामसुङको नवीनतम फ्ल्यागसिप इनेभेसन हो, जसले शक्तिशाली प्रदर्शन, उन्नत एआईमा आधारित फिचर तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्दछ।
यो अफर सीमित अवधिका देशभका अधिकृत सामसुङ रिटेल स्टोर तथा पार्टनर आउटलेटमा उपलब्ध हुनेछ।