काठमाडौँ । मिलेनियम च्यालेन्ज अफ कर्पोरेस(एमसीसी) का बिषयमा अर्थमन्त्री डा. युवराज खतिवडा सकारात्मक देखिएका छन् । उनले एमसीसी सम्झौता तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रने भन्दै छिटोभन्दा छिटो छलफल हुनुपर्ने बताए ।
प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नका विषयमा बोल्दै खतिवडाले संसदले एमसीसी पारित हुनुपर्ने धारणा राखे । ‘एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन ।’ खतिवडाले भने ।
खतिवडा पछि बजेटमाथि उठेको प्रश्न माथि बोलेका पराराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भन एमसीसीमाथि त्यति खुल्न चाहेनन् । उनले एमसीसी पारित हुनुपर्छ वा हुनुहुन्न भन्ने कुरा वकालत भने गरेनन् ।
उनले राष्ट्रिय हित विपरीत कुनै पनि विकास साझेदार सम्झौता हुन नहुने बताए । उनले एमसीसी सम्झौतामा शैन्य गठबन्धन हुन्छ भन्ने कुरा भ्रम रहेको बताए । उनले भने, ‘कुनै पनि विकास साझेदारी गर्दा शैन्य गठबन्धन हुदैन् । राष्ट्रिय हित विपरीत हुने कुनै पनि विका सम्झौता हुनु हुँदैन’ उनले भने, ‘हामीलाइ बनको बाघले खाओस् नखाओस् मनको बाघले खाने प्रवृत्ति छ । तर, त्यस्तो होइन्’
अहिले नेकपाका सांसदहरू भीम रावललगायतका सांसदहरू एमसीसी नेपालको संविधान र कानुनसँग बाँझिने बुँदा शंशोधन गरेर मात्रै पारित हुनुपर्ने बताएका छन् . उनीहरुले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने बताएका हुन् ।
एमसीसीमार्फत नेपालका विद्युत् प्रसारण लाइन र सडक पूर्वाधार निर्माण गर्न अनुदान प्राप्त हुनेछ । ५ वर्षभित्र सम्पन्न गर्नेगरी पूर्वाधार सम्पन्न गर्न झन्डै ५० अर्ब अमेरिकी अनुदान नेपालले प्राप्त गर्नेछ ।