काठमाडाैँ। स्मार्टफोन ब्राण्ड अनरले ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ। कम्पनीले एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ मोडेल नेपाली बजारमा सार्वजनिक गरेकाे हो।
अनरको आधिकारिक वितरक सेलट्रोन नेपालका अनुसार अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ।
यसमा इमेजलाई ५ सेकेन्डको भिडियोमा परिणत गर्ने एआई फिचर र एआई फोटो इरेजर टुल पनि रहेको छ। यो फोनमा ७ हजार एमएएच ब्याट्री, ८० वाटको फास्ट चार्जिङ तथा २७ वाटको रिभर्स चार्जिङ सपोर्ट र २५६ जीबी स्टोरेज क्षमता रहेको कम्पनीले जनाएकाे छ। अनर ६०० को ८ जीबी र्याम भेरियन्टको मूल्य ८४ हजार ९९९ रूपैयाँ र १२ जीबी र्याम भेरियन्टको मूल्य ८९ हजार ९९९ रूपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार ‘अनर ६०० प्रो’ मा स्न्यापड्रागत ८ इलिट (३ एनएम) प्रोसेसर प्रयोग गरिएको छ। यसमा पनि इमेजलाई भिडियोमा परिणत गर्ने एआई फिचर उपलब्ध रहेको जनाइएको छ। फोटोग्राफीका लागि २०० मेगापिक्सेल मुख्य क्यामेरा, ३.५x अप्टिकल जुमसहित ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा सेटअप दिइएको छ।
कम्पनीले अनर ६०० प्रोमा ७,००० एमएएच ब्याट्रीसँगै ८० वाट वायर्ड, ५० वाट वायरलेस र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको जनाएको छ। यसको १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ।
कम्पनीले अनर ६०० खरिद गर्ने ग्राहकलाई १५ हजार ९९९ रूपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस वाच २ प्रो’ स्मार्टवाच निःशुल्क दिने भएको छ। त्यस्तै, अनर ६०० प्रो खरिद गर्ने ग्राहकले भने उक्त स्मार्टवाचसँगै १० हजार ९९९ रूपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस क्लिप इयरबड्स’ पनि निःशुल्क प्राप्त गर्नेछन्। याे अफर सीमित अवधिकाे लागि लागू हुने अनरकाे आधिकारिक वितरक सेलट्रोन नेपालले जानकारी गराएकाे छ।