काठमाडौं। नेपाल सरकारले मुख्यसचिवदेखि बहिदारसम्मका कर्मचारीको आधारभूत तलबमा वृद्धि गरेको छ। नयाँ व्यवस्था अनुसार सबै तहका कर्मचारीको तलबमा करिब दश प्रतिशतका दरले बृद्धि भएको छ।
सर्वोच्च प्रशासनिक पद मुख्यसचिवको हालको बेसिक तलब ७७,२११ रुपैयाँ रहेकोमा ७,७२१ रुपैयाँ थपिएर नयाँ तलब ८४,९३२ रुपैयाँ कायम भएको छ। त्यस्तै सचिवको तलब ७२,०८२ बाट बढेर ७९,२९० रुपैयाँ पुगेको छ, जसमा ७,२०८ रुपैयाँ वृद्धि भएको हो।
मध्यम तहका कर्मचारीमध्ये सहसचिवको तलब ५६,७८७ बाट ६२,४६६ रुपैयाँ, उपसचिवको ४८,७३७ बाट ५३,६११ रुपैयाँ र अधिकृतको तलब ४३,६८९ बाट बढेर ४८,०५८ रुपैयाँ पुगेको छ।
तल्लो तहका कर्मचारीमा नायब सुब्बाको तलब ३४,७३० बाट ३८,२०३ रुपैयाँ, खरिदारको ३२,९०२ बाट ३६,१९२ रुपैयाँ र मुखियाको २७,६१२ बाट ३०,३७३ रुपैयाँ पुगेको छ। सबैभन्दा तल्लो पद बहिदारको तलब भने २६,०८२ बाट बढेर २८,६९० रुपैयाँ कायम भएको छ।
उल्लेखनीय कुरा के छ भने उच्च पदका कर्मचारीले निरपेक्ष रकममा बढी वृद्धि पाएका छन् भने तल्लो पदका कर्मचारीले तुलनात्मक रूपमा कम रकम थप पाएका छन्। यो तलब वृद्धिले सरकारी कर्मचारीको जीवनस्तर सुधारमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।