काठमाडाैं। विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जना गरी जम्मा ३२ जनाले आवेदन दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत पदाधिकारी छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा रहेको उक्त समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन्। समितिले अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत १५ दिनको समयसीमा तोकी आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमाथि अध्ययन गरेर छनोट प्रक्रिया अगाडि बढाइनेछ।
सरकारले जारी गरेको 'सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३' बमोजिम आयोगका अध्यक्ष रामप्रसाद धिताल, सदस्यहरू मधुसुधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।
अध्यक्ष पदका आवेदक
रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी।
सदस्य पदका आवेदक
डा. शेखर अर्याल, राजिवकुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमकप्रसाद शर्मा, विशाल सिलवाल, बलराम सिलवाल, राजिव दाहाल, विज्ञान श्रेष्ठ, दिवाकर मल्लिक, अर्जुनकुमार गौतम, नरेन्द्रसिंह भण्डारी, नारायणप्रसाद सापकोटा, कल्पमोहन सोती, शान्तिकला सुवेदी र कुशेश्वरप्रसाद साहु।