विश्व खेलकुदकै महाकुम्भ फिफा विश्वकप २०२६ को काउन्टडाउन अन्तिम चरणमा पुग्दा यसपटकको प्रतियोगिता खेलमैदानमा मात्र सीमित नरहेर इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक प्लेटफर्मका रूपमा उदाएको छ।
आगामी ११ जुन ९ (जेठ २८) मा मेक्सिको सिटीको ऐतिहासिक रंगशालाबाट सुरु भई १९ जुलाई ९साउन ४० मा न्यूयोर्क–न्युजर्सीको फाइनल खेलसम्म चल्ने यो संस्करणले परम्परागत एक देश, एक प्रतियोगिताको मोडललाई उल्ट्याउँदै उत्तर अमेरिकाका तीन देश (क्यानडा, मेक्सिको र अमेरिका)लाई एउटै व्यापारिक चक्रमा बाँधिदिएको छ।
४८ टोली, १०४ खेल, र १६ वटा अत्याधुनिक रंगाशाला सम्मिलित यो विश्वकपको कुल अर्थशास्त्र र लगानीको ढाँचालाई विश्लेषण गर्दा यसले विश्वव्यापी खेलकुद श्रमबजार, प्रत्यक्ष वैदेशिक लगानी र पर्यटन क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्ने निश्चित देखिएको छ।
फिफाको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार २०२३–२०२६ चक्रको कुल संशोधित बजेट १३ अर्ब डलर पुगेको छ, जसमा ऐतिहासिक ४८ टोली सम्मिलित फिफा विश्वकप २०२६ बाट मात्रै ११ अर्ब डलरभन्दा बढी राजस्व संकलन हुने प्रक्षेपण गरिएको छ।
फिफाको भण्डारः इतिहासकै सफल व्यावसायिक चक्र

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका लागि २०२६ को संस्करण वित्तीय इतिहासमै सबैभन्दा आकर्षक सावित भएको छ। फिफाको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार, २०२३–२०२६ को चार वर्षे चक्रका लागि अनुमानित राजस्व परिमार्जन भई १३ अर्ब अमेरिकी डलर पुगेको छ। यसमा ११ अर्ब डलर सिधै विश्वकप–केन्द्रित छ भने बाँकी २ अर्ब डलर २०२५ मा आयोजित क्लब विश्वकपसँग जोडिएको छ।
मार्केटिङ र व्यापारिक साझेदारीका हिसाबले फिफाले आफ्ना सम्पूर्ण विश्वव्यापी प्रायोजन प्याकेज शतप्रतिशत बिक्री भइसकेको घोषणा गरेको छ। परम्परागत बहुराष्ट्रिय उपभोक्ता ब्रान्डहरूसँगै यसपटक डिजिटल र इन्टरप्राइज क्षेत्रका ठूला कम्पनी पनि जोडिएका छन्। हालै मात्र प्राविधिक क्षेत्रको जायन्ट सेल्सफोर्स लाई फिफाको आधिकारिक प्रतियोगिता सहयोगी घोषणा गरिएको छ भने हाइसेन्स मुख्य प्रायोजकका रूपमा भित्रिएको छ।
व्यापारिक आम्दानी बढेसँगै फिफाले सहभागी ४८ देशका फुटबल संघहरूका लागि दिइने वित्तीय वितरण पनि बढाएर ८७१ मिलियन अमेरिकी डलर पुर्याएको छ। यसले गर्दा विश्वकप अब विजेताले मात्र ठूलो रकम पाउने खेल नभएर सहभागी सबै देशका लागि एउटा बलियो (क्यासफलाे) अवसर बनेको छ।
खेल सकिएपछि पनि रंगशालाको दीर्घकालीन उपयोग, देशको ब्रान्डिङ र खेल-पर्यटन को प्रवर्द्धनका कारण उत्तर अमेरिकाका लागि यो विश्वकप आर्थिक रूपले दूरगामी महत्वको गेम-चेन्जर बन्ने स्पष्ट देखिन्छ।
रंगशालाको अर्थशास्त्रः नयाँ निर्माण होइन, रेट्रोफिट मोडल

यसपटक उत्तर अमेरिकाले ब्राजिल वा कतार विश्वकप जस्तो नयाँ रङ्गशाला निर्माणमा अर्बौँ डलर खर्चिने मोडललाई पूर्ण रूपमा त्यागेको छ। सबै १६ वटा रङ्गशाला पहिले नै निर्माण भइसकेका ९भ्हष्कतभम० हुनाले खर्चको प्राथमिकता पूर्वाधार परिवर्तन, प्रविधि, सुरक्षा र आतिथ्य मा केन्द्रित छ।
प्रमुख रंगशाला र खेल संख्याको रुपरेखा
डलास स्टेडियम (अमेरिका) सबैभन्दा धेरै ९ खेल (सेमिफाइनलसहित)
न्यूयोर्क–न्युजर्सी स्टेडियम (अमेरिका) ८ खेल (प्रतिष्ठित फाइनल खेलको आयोजक)
एटलान्टा स्टेडियम (अमेरिका) ८ खेल (सेमिफाइनलसहित)
मेक्सिको सिटी स्टेडियम (मेक्सिको) ५ खेल (उद्घाटन खेलसहित, क्षमता ७२,७६६)
बीसी प्लेस भ्यानकुभर (क्यानडा) ७ खेल (हाइब्रिड ग्रास र डिजिटल प्रविधि जडान)
खेल प्रसारणका लागि अमेरिकाको डलास शहरलाई फिफाले अन्तर्राष्ट्रिय ब्रोडकास्ट सेन्टर का रूपमा चयन गरेको छ। यसले डलासलाई खेलस्थल मात्र नभई विश्वकै सबैभन्दा ठूलो लाइभ–मिडिया उत्पादन केन्द्रमा रूपान्तरण गर्नेछ।
अल्ट्राप्रिमियम र कालोबजारीको समानान्तर बजार
यस विश्वकपमा कर्पोरेट र धनाढ्य वर्गलाई लक्षित गरी (अल्ट्राप्रिमियम) राजस्व मार्ग बनाइएको छ। फिफाको आधिकारिक हस्पिटालिटी साझेदार अन लोकेसनका अनुसार एटलान्टा जस्ता स्टेडियममा समूह चरणका भिपिआई सुइटहरूको मूल्य ६५,१०० देखि ६८,२५० अमेरिकी डलरसम्म तोकिएको छ भने सेमिफाइनल खेलका लागि सुइटको प्रारम्भिक मूल्य नै ३ लाख १७ हजार डलरभन्दा बढी छ।
यता सर्वसाधारणका लागि आधिकारिक मर्चेन्डाइज स्टोरमा आयोजक सहरका ‘लिमिटेड एडिसन’ जर्सीको मूल्य ३७५ डलर, साधारण टिसर्टको ३५ डलर र पिनको १२ डलर तोकिएको छ।
ब्रान्डको लोकप्रियतासँगै कालोबजारी र नक्कली सामानको बजार पनि फस्टाएको छ। ब्रान्ड सुरक्षा का लागि फिफाले रङ्गशाला वरपर ‘क्लिन जोन’लागू गरे पनि हालै मात्र क्यानडाको टोरन्टो प्रहरीले करिब ३.५ मिलियन क्यानेडियन डलर बराबरको नक्कली जर्सी, ट्रफी र झण्डाहरू जफत गरेको घटनाले सुरक्षा निकायलाई चुनौती थपिदिएको छ।
आयोजक देशहरूको लगानी र ‘रिटर्न अन इन्भेस्टमेन्ट’
फिफाले केन्द्रीय रूपमा नगद मुनाफा कमाइरहँदा तीन आयोजक देशका सरकार र स्थानीय सहरको लगानी र प्रतिफलको गणित भने फरक देखिन्छ।
क्यानडा
संसदीय बजेट कार्यालय (एद्यइ) का अनुसार क्यानडाले यो विश्वकपका लागि १.०६६ अर्ब क्यानेडियन डलर बराबरको कूल सरकारी सहयोग परिचालन गरेको छ। ब्रिटिश कोलम्बिया प्रान्तले भ्यानकुभरमा हुने ७ खेलका लागि आफ्नो मुख्य खर्च कटौती गरी ११४ मिलियन डलरमा झारे पनि यसबाट ३ लाख ५० हजारभन्दा बढी दर्शक भित्रिने, प्रान्तीय गार्हस्थ्य उत्पादन (९न्म्ए०) मा १ अर्ब डलर थपिने र २०० मिलियन डलरभन्दा बढी कर राजस्व उठ्ने प्रक्षेपण गरेको छ।
मेक्सिको
मेक्सिको सिटी सरकारले विश्वकप लक्षित सार्वजनिक निर्माण र यातायात मा मात्र २३.१ अर्ब पेसो लगानी गरेको छ। बेनिटो जुआरेज अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरणमा ५०० मिलियन डलर खर्च गरिएको छ भने प्रसिद्ध अज्तेका रंगशालाको स्तरोन्नतिका लागि निजी क्षेत्रबाट २.१ अर्ब पेसोको प्रायोजन सम्झौता गरिएको छ।
मार्केटिङ र व्यापारिक साझेदारीका हिसाबले फिफाले आफ्ना सम्पूर्ण विश्वव्यापी प्रायोजन प्याकेज शतप्रतिशत बिक्री भइसकेको घोषणा गरेको छ। परम्परागत बहुराष्ट्रिय उपभोक्ता ब्रान्डहरूसँगै यसपटक डिजिटल र इन्टरप्राइज क्षेत्रका ठूला कम्पनी पनि जोडिएका छन्।
अमेरिका
अमेरिकामा कुनै एकीकृत राष्ट्रिय बजेट छैन, बरु ११ वटा सहरका स्थानीय समितिहरूले विकेन्द्रित खर्च गरिरहेका छन्। ह्वाइट हाउस टास्क फोर्सको प्रतिवेदन अनुसार यो विश्वकपले अमेरिकी अर्थतन्त्रमा १७.२ अर्ब अमेरिकी डलर बराबरको जीडीपी योगदान गर्ने र १ लाख ८५ हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरिएको छ। डलासले मात्रै आफ्नो सहरमा २ अर्ब डलरको आर्थिक प्रभाव पर्ने अनुमान गरेको छ भने न्यूयोर्क(न्युजर्सीले १२ लाख पर्यटकबाट ३.३ अर्ब डलर क्षेत्रीय आम्दानी हुने प्रक्षेपण गरेको छ।
खेलकुद विश्लेषकहरूको मत: कुल प्रभाव र भ्रम

आर्थिक विश्लेषकका अनुसार आयोजक सहरले सार्वजनिक गरेका अर्बौं डलरका प्रतिफल ‘ग्रस इम्प्याक्ट मोडल’ मा आधारित छन्, जसमा होटल, रेस्टुरेन्ट, यातायात र अस्थायी रोजगारी समावेश हुन्छन्। यसलाई सरकारको ‘खुद नगद नाफा’ वा फिफाको केन्द्रीय राजस्व’सँग तुलना गर्नु भ्रमपूर्ण हुन्छ। तथापि, खेल सकिएपछि पनि रंगशालाको दीर्घकालीन उपयोग, देशको ब्रान्डिङ र खेल-पर्यटन को प्रवर्द्धनका कारण उत्तर अमेरिकाका लागि यो विश्वकप आर्थिक रूपले दूरगामी महत्वको गेम-चेन्जर बन्ने स्पष्ट देखिन्छ।