भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध आन्दोलन स्थल जन्तरमन्तरमा आज ‘ककरोच जनता पार्टी’ को ब्यानरमा हजारौँ विद्यार्थी र युवाहरूले विशाल विरोध प्रदर्शन सुरु गरेका छन्।
हालै सार्वजनिक भएको ¹नीट–२०२६’ परीक्षाको प्रश्नपत्र बाहिरिएको काण्ड र केन्द्रीय माध्यमिक शिक्षा (बोर्ड)को मार्किङ प्रणालीमा भएको भनिएको गम्भीर अनियमितताविरुद्ध युवाहरू सडकमा उत्रिएका हुन्। आन्दोलनकारीहरूले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्दै तीव्र नाराबाजी गरिरहेका छन्।
अमेरिकाबाट आएर आन्दोलनको कमाण्ड सम्हाल्दै संस्थापक दिपके
अनलाइन अभियानमार्फत सामाजिक सञ्जालमा तहल्का मच्चाएको यस ‘ककरोच जनता पार्टीु का ३० वर्षीय संस्थापक अभिजीत दिपके आज बिहान मात्रै अमेरिकाको बोस्टनबाट दिल्ली विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा ओर्लिँदा उनको हातमा डा। भीमराव अम्बेडकरको आत्मजीवनी ९किताब० रहेको थियो।
विमानस्थलबाट उनी सिधै जन्तर मन्तरस्थित आन्दोलन स्थल पुगेका छन्। उनले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, ‘भारतीय संविधानको पूर्ण समर्थनका साथ हामी साङ्लाहरू ९ककरोच० शिक्षामन्त्रीको राजीनामा माग्न जन्तर मन्तर आइपुगेका छौँ। यो आन्दोलन माया, शान्ति र अहिंसाका साथ अगाडि बढ्नेछ।’
‘हामीले माग्यौँ मेक इन इन्डिया, तिमीले दियौ लिक इन इन्डिया’
जन्तर मन्तरमा भेला भएका आन्दोलनकारीहरूको स्वरूप निकै सांकेतिक र भिन्न देखिएको छ। सयौँको सङ्ख्यामा रहेका विद्यार्थीहरूले ुसाङ्लाु को मास्क लगाएका छन् भने हातमा कानुनी किताब, भारतको राष्ट्रिय झण्डा र फूल बोकेका छन्।
प्रदर्शनकारीहरूले सरकारको विरोधमा विभिन्न प्लेकार्डहरू बोकेका छन्। एउटा प्रमुख ब्यानरमा लेखिएको छ–हामीले सरकारसँग मेक इन इन्डिया माग्यौँ, तर सरकारले हामीलाई लिक इन इन्डिया दियो। युवाहरूले परीक्षा सञ्चालन गर्ने संस्था एनटीए खारेज गर्नुपर्ने माग पनि अघि सारेका छन्।
प्रहरीलाई फूल दिएर आन्दोलन, दिल्लीमा हाई अलर्ट

आन्दोलनलाई शान्तिपूर्ण र सांकेतिक बनाउन संस्थापक दीपकेले आफ्ना समर्थकलाई ड्युटीमा खटिएका दिल्ली प्रहरीका जवानलाई फूल दिएर कृतज्ञता र करुणा प्रकट गर्न अपिल गरेका छन्।
यद्यपि, आन्दोलनको संवेदनशीलतालाई ध्यानमा राख्दै दिल्ली प्रहरी र अर्धसैनिक बल ले जन्तर मन्तर, संसद् मार्ग र दिल्लीका प्रमुख नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। दिल्ली प्रहरीले सर्वोच्च अदालतको निर्देशिका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि मात्रै यो प्रदर्शन गर्न विशेष अनुमति दिएको हो।
राजनीतिक सरगर्मी बढ्यो, विपक्षी दलहरूको समर्थन
मे २०२६ मा सामाजिक सञ्जालबाट व्यंग्यात्मक रूपमा सुरु भएको यो ुककरोच जनता पार्टीु अभियानले अहिले भारतको केन्द्रीय राजनीतिमा ठूलो दबाब सिर्जना गरेको छ।
प्रश्नपत्र बाहिरिएपछि नीट परीक्षा आगामी जुन २१ का लागि सारिएको छ भने यसको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो ले गरिरहेको छ। यसैबीच, आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल, कंग्रेस नेता राहुल गान्धी र जयराम रमेश लगायतका शीर्ष विपक्षी नेताहरूले ऋव्ए को यस युवा आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मोदी सरकारको शिक्षा नीतिको कडा आलोचना गरेका छन्।