काठमाडौँ। विगतको दशकमा खुद्रा व्यापारलाई अनलाइन स्क्रिनमा त सीमित गर्यो, तर आगामी दशकले भने सो व्यापार चल्ने मूल आधार बदल्दै छ। हिजोसम्म डिजिटल व्यापारको अर्थ केवल सहज अनलाइन भुक्तानी र छिटो सामान किनमेलमा मात्रै सीमित थियो। तर अहिले समय फेरिएको छ। धेरै परिवर्तन आइसकेपछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उदय जोडिएको छ।
यो केवल ग्राहकको अनुभवमा मात्र होइन, व्यापारको भित्री संरचनामै एउटा ठूलो क्रान्ति बनेर आएको हो। सामानको व्यवस्थापन, मूल्य निर्धारण र आपूर्ति चक्रदेखि डेलिभरीसम्मका हरेक निर्णयहरू अब प्रविधिको एआईबाट निर्देशित हुन थालेका छन्। आजका सचेत र गतिशिल ग्राहकको इच्छा बुझ्न र बजारको तीव्र प्रवाहसँग कदम मिलाउन खुद्रा व्यापार कसरी पूरै रूपान्तरण हुँदैछ भन्ने एउटा रोमाञ्चक यात्राको सुरुवात यहाँबाट हुन्छ।
सोही कारण अहिले सामानको व्यवस्थापन मूल्य निर्धारण, आपूर्ति चक्र ग्राहकसँगको सम्बन्ध र सामान डेलिभरी गर्ने जस्ता हरेक निर्णयहरूमा प्रणालीको प्रभाव बढ्दै गएको हो। अहिलेको समयमा ग्राहकहरू आफ्नो चाहना र समयअनुसार तुरुन्तै सेवा पाउन चाहन्छन्। यस्ता चलाख प्रविधिहरूले कम्पनीहरूलाई ग्राहकका मागहरू छिटो बुझ्न, आपसमा राम्रो समन्वय गर्न र व्यापारलाई बजारअनुसार द्रुत गतिमा लैजना सहयोग गरिरहेका छन्।
पहिलो लहरको उद्यमले मुख्यतया आम मानसिहरुलाई सघाउ मात्र गरेको थियो। जेनेरेटिभ एआईले टोलीहरूलाई नयाँ सामग्रीहरू लेख्न, ठूला जानकारीलाई छोटकरीमा बुझ्न र विभिन्न सुझावहरू दिन मद्दत गर्ने गर्छ। र, प्रणालीहरूमा कामको स्वीकृति दिने र काम सकाउने मुख्य जिम्मेवारी आम मानिसहरूकै हुन्थ्यो। एजेन्टिक कमर्स व्यापारको यही विकासक्रमको अर्को नयाँ चरण हो।
यसले केवल जानकारी वा सुझाव मात्र दिँदैन, बरु रिटेल व्यापारमा प्रयोग हुने एजेन्टिक एआईले व्यापारको लक्ष्य बुझ्न, तत्कालको वास्तविक अवस्थाको मूल्याकन गर्न, एउटा दायराभित्र रहेर निर्णय लिन र मानिसको थोरै सहयोगमा आफैँ कामहरू सुरु गर्न सक्छ। जस्तैः परम्परागत रिटेल व्यापारमा कुनै सामानको माग अचानक वृद्धि भएमा कर्मचारीहरूले आफैँले फरक–फरक प्रणालीमा गएर स्टक मूल्य, अफरहरू र सामान डेलिभरीको व्यवस्था मिलाउनुपर्ने हुन्छ। तर, एजेन्टिक कमर्स मोडलमा भने आपसमा जोडिएका एआई एजेन्टहरूले यी सबै कामहरू आफैँ र स्वचालित रूपमा मिलाउन सक्छन्।
सामान आपूर्ति गर्ने प्रक्रियालाई सुधार्नेदेखि लिएर ग्राहकको चाहनाअनुसार सेवा दिनेसम्म, एजेन्टिक कमर्सले व्यापारीहरूलाई ठूलो स्तरमा अझ बढी गति, सटिकता र तुरुन्तै काम गर्न सक्ने क्षमता प्रदान गर्दछ।
यस्तै, अब खुद्रा व्यापार चलाउने तरिका पुरानो नियमबाट बदलिएर आफैँ काम गर्न सक्ने एआई एजेन्टको हातमा पुग्न थालेको छ। मूल्य तोक्ने एआई एजेन्टहरूले बजारमा प्रतिस्पर्धी कम्पनीहरूको गतिविधि, सामानको मौज्दात, ग्राहकको माग र नाफाको लक्ष्यलाई आफैँ नियाल्छन्। त्यसपछि मानिसको सहयोग बिना उनीहरूले तुरुन्तै सामानको मूल्य मिलाउने र ग्राहकलाई लोभ्याउने अफरहरू ल्याउने काम गरिएको छ। सो परिवर्तन व्यापारका अन्य क्षेत्रमा पनि तीव्र रूपमा फैलिरहेको छ।
सामान ओसारपसार गर्ने एजेन्टहरूले माग र यातायातको अवस्था हेरेर सामान कुन रुटबाट पठाउने र कति जम्मा गर्ने भन्ने कुरा आफैँ मिलाउँछन्। त्यसैगरी, ग्राहकसँग जोडिने एजेन्टहरूले बजारको चहलपहल हेरेर कुन ग्राहकलाई कस्तो सामान सिफारिस गर्ने वा कस्तो उपहार दिने भन्ने कुरा तय गर्छन्। अहिले धेरै ठूला व्यापारिक कम्पनीहरूले मूल्य तोक्न, स्टक मिलाउन र ग्राहकलाई व्यक्तिगत रूपमा राम्रो सेवा दिन यस्ता एआई एजेन्टहरूको प्रयोग सुरु गरिसकेका छन् भने व्यापारिक गतिविधिहरुमा एआई प्रणाली जोड्दा कम्पनीहरूले बजारको मागअनुसार तुरुन्तै निर्णय लिन र आपसमा राम्रो समन्वय गर्न सकेका छन्।
भविष्यमा तिनै व्यापारीहरू सफल हुनेछन्। जसले आफ्ना तथ्याकं एआई एजेन्ट र व्यापार चलाउने प्रणालीलाई एकआपसमा जोडेर बजारको बदलिँदो वातावरण अनुसार आफूलाई परिवर्तन गर्ने छ।
अहिले ठूला व्यापारिक कम्पनीहरूमा एआईको प्रयोग बढाउँदा सबैभन्दा ठूलो चुनौती यसको विश्वसनीयतामा देखिएको छ। खुद्रा व्यापारमा निर्णय गर्ने सबै काम एआई प्रणालीलाई सुम्पिँदै जाँदा व्यापारिक जोखिमहरू पनि निकै जटिल बन्दै गएका छन्। व्यापारको कुनै एक ठाउँमा एआईले गरेको सानो गल्तीले पनि पूरै व्यापारिक चक्रमा ठूलो समस्या ल्याउन सक्छ।
जस्तैः प्रतिस्पर्धी कम्पनीसँग प्रतिस्पर्धा गर्ने नाममा एआईले सामानको मूल्य धेरै घटाइदियो भने, कम्पनीका कर्मचारीहरूले थाहा पाउनुअगावै नाफा धेरै घट्न सक्छ, वा सामानको मौज्दात बिग्रिन सक्छ। एआई एजेन्टहरूको प्रयोगलाई व्यापक बनाउन अर्को ठूलो समस्या भनेको अहिलेका धेरैजसो कम्पनीका फरक–फरक प्रविधि र छरिएका तथ्याकहरु रहेका छन्।
एआई एजेन्टहरूले सामानको आपूर्ति, ग्राहकको उपहार योजना र सामान डेलिभरी गर्ने जस्ता सबै प्रणालीहरूमा एकैसाथ काम गर्नुपर्ने हुन्छ भने सबै प्रणालीहरू एकआपसमा जोडिएका छैनन्। निर्णय गर्ने एउटै नियम छैन। एआईले सोचे जस्तो फाइदा दिन सक्दैन। यसले काममा भद्रगोल ल्याउने र व्यापार चलाउने खर्च झन् बढाइदिने जोखिम हुन्छ।
त्यस्तै एआई प्रणालीले ग्राहक र व्यापारका विवरणहरू लगातार संकलन गर्ने हुँदा यसले गर्ने निर्णयहरू बुझ्न सकिने, सुरक्षित र कानुनसम्मत हुनुपर्छ। त्यसैले, एआईलाई आफ्नो दायरामा राख्न कडा नियमहरू आवश्यक पर्छ। ग्राहकको विश्वास जोगाउन महत्वपूर्ण निर्णयहरूमा मानिसकै अन्तिम अनुमति चाहिने व्यवस्था हुनुपर्छ। अचेल कम्पनीहरू एआईको सामान्य प्रयोग मात्र नभएर यसबाट व्यापारमा प्रत्यक्ष फाइदा पुगोस् भन्ने चाहन्छन्। तर, अझै धेरैजसो तथ्याकहरु छरिएका छन।
एआईको परीक्षण साना क्षेत्रमा मात्र सीमित हुँदा वास्तविक व्यापारिक चुनौतीहरू सम्बोधन हुन सकेका छैनन्। यस्तो अवस्थामा सफल हुनका लागि व्यापारीहरूले एआईलाई एउटा छुट्टै प्रविधिका रूपमा मात्र नहेरी, आफ्ना सबै तथ्याकहरुलाई एक ठाउँमा जोडेर यसलाई व्यापार चलाउने मुख्य हिस्सा बनाउनुपर्छ।
एजेन्टिक कमर्स केवल प्रविधिको विकास मात्र होइन, यो व्यापार चलाउने एउटा ठूलो परिवर्तन हो। जहाँ एआईले दैनिक कामहरूमा ठूलो भूमिका खेल्छ। एआईलाई एउटा औजार मात्र सम्झने कम्पनीहरूलाई भविष्यमा टिक्न कठिन हुनेछ। त्यसैले बलियो नियम, एकीकृत तथ्याक र आधुनिक प्रविधिमा लगानी गर्ने कम्पनीहरू मात्रै आजको तीव्र गतिको रुपमा बजारमा अगाडि बढ्न सक्छन्।– अश्विन परमार, द पायोनियर पत्रिका भारत