काठमाडौं। नेपाली कांग्रेसका सचेतक निष्कल राईले भारतले नयाँ मापदण्ड लागू गरेपछि इलामका ८३ भन्दा बढी चिया उद्योग बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चिया निर्यात खुलाउन सरकार–सरकार पहल, कूटनीतिक प्रयास, चिया परीक्षण प्रयोगशाला निर्माण तथा तेस्रो देशमा निर्यातका लागि बजार सुनिश्चित गर्न माग गरेका हुन्।
उनले भने,‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या गरेको इलाममा चिया उद्योग र किसानले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब तीन दिन भयो। भारतीय चिया बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ। उनीहरूको मापदण्डभित्र नपरे चिया नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ। जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन्।’
सांसद राईले भारतले चिया निर्यातमा रोक लगाएपछि इलामका चिया उद्योग बन्द हुँदा श्रमिकको बेहाल भएको स्मरण गराए। उनले भने,‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या गरेको इलाममा चिया उद्योग र किसानले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब तीन दिन भयो। भारतीय चिया बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ। उनीहरूको मापदण्डभित्र नपरे चिया नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ। जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन्।’
सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई चिया पिउन चिया पसल धाउने फुर्सद भएपनि चिया किसानका समस्या समाधान गर्ने फुर्सद नभएको गुनासो गरे। ‘सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो। तर वार्षिक तीन करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन,’ उनले भने।
सांसद राईले चिया किसान र उद्योगीको समस्या समाधानमा पर्याप्त चासो नदेखाएको भन्दै तत्काल पहल गर्न सरकारसँग आग्रह गरे।