काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वको टोलीले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेको छ। भेटमा नेपालको अटोमोवाइल क्षेत्रका विषयमा विस्तृत छलफल गरेको छ।
छलफलमा मन्त्री लम्सालले नाडाका तर्फबाट आएका सुझावका सन्दर्भमा सरकारले ऐन संशोधन गरी सहजीकरण गरिदिने आश्वासन दिए। भेटमा नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल क्षेत्रसँग सम्बन्धित विभिन्न सुझावहरु प्रस्तुत गरे।
छलफल सरकारले हालै व्यावसायिक महत्वका सवारी साधनको दर्ता रोक्का गरिएकोमा एल.सि. खोलिसकिएका र बाटोमा आइसकेका सवारी साधनको हकमा दर्ता फुकुवाको व्यवस्था हुनुपर्ने बताएका थिए। हालको बजेटले हेवी इक्यूपमेण्ट्स् लगायतका मेशिनरी सामानमा समेत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छ।
भन्सार विभाग र यातायात व्यवस्था विभागबीच डिजिटल एकीकरण गरी आयातित सवारी साधनको विवरण स्वचालित रूपमा आदान प्रदान गर्ने व्यवस्था लागू गर्नुपर्ने विषयमा केन्द्रीत रह्यो। त्यसैगरीे छलफलमा भन्सार र यातायात प्रणाली एकीकृत भएपछि डिलरको नाममा सवारी दर्ता गर्नुपर्ने बाध्यता हटाउने तथा सरकारी पोर्टलमार्फत जारी हुने अस्थायी स्व-घोषणा नम्बर प्रयोग गरी सवारी साधन सञ्चालन तथा स्थानान्तरण गर्न सकिने व्यवस्था हुनुपर्नेमा जोड दिए।
डेटा साझेदारी प्रणाली तथा डिजिटल प्रमाणीकरण प्रक्रियासम्बन्धी स्पष्ट कार्यविधि तयार गरिनुपर्ने, नयाँ मोटर वाहन तथा यातायात व्यवस्थापन ऐनको वर्तमान अवस्था, कार्यान्वयन समयसीमा तथा यस प्रक्रियाको संलग्नता र भूमिकाबारे स्पष्टता हुनुपर्ने, सवारी साधन आयात नीतिको प्रभावकारी कार्यान्वयन तथा उद्योग व्यवसायले भोगिरहेका व्यावहारिक समस्याहरूको समाधान हुनुपर्ने, मन्त्रालयले गठन गर्ने भनेको यातायात प्राधिकरणमा नाडाको प्रतिनिधित्वको लागि व्यवस्था गरिदिनुपर्ने र सवारी कर सवारी साधनको विक्रि पश्चात मात्र लाग्ने व्यवस्था हुनु पर्ने जस्ता विषयहरुमा केन्द्रीत रहेको थियो।
छलफलमा उद्योग सचिव कुष्णबहादुर राउत, पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, भन्सार विकागका महानिर्देशक श्यामप्रसाद भण्डारी तथा यातायात व्यवस्था विभागका महानिर्देशक रोशन ज्ञवाली छलफलमा उपस्थित थिए।
यसैगरी, नाडाका वरिष्ठ सल्लाहकार राजनबाबु श्रेष्ठ, महासचिव मिलनबाबु मल्ल, नाडा केन्द्रीय कार्यसमिति सदस्य नवराज भुसाल, नाडा केन्द्रीय कार्यसमितिका सदस्य तथा व्यावसायिक सवारी साधन समितिका सभापति विमल साह, नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति पहेश पाल समेतले समेत आ-आफ्ना धारणा व्यक्त गरे।