काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्म लाग्दै आएको ३६० वटा वस्तुको अन्तःशुल्क खारेज गरे। जेठ १५ गते संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले हालसम्म लाग्दै आयो वस्तुको अन्तःशुल्क खारेज गरेका थिए।
तर, उक्त खारेज गरेका वस्तुमा भन्ने अब ‘हरित कर’ लाग्ने भएको छ। सरकारले आयातित वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको जनाए पनि अन्तत अब आयातित वस्तुमा ‘हरित कर’ लगाएको हो।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भन्सारबाट आयातित वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज भए पनि अबदेखि उक्त आयातित वस्तुमा हरित कर लाग्छ। भन्सारबाट आयातित वस्तुमा अबदेखि मूल्यमा भन्सार महसुल अनुसारका सामानमा प्रतिकेजी ०.५० रुपैयाँ र अन्य साम्रगीमा १० देखि १५ प्रतिशतसम्म हरित कर लाग्ने सूचना अधिकारी बर्तौला बताउँछन्।
उनले भने, ‘अन्तःशुल्क धेरै वस्तुमा हटायो नि ३६० वटा वस्तुमा हो। त्यो ३६० वटा वस्तुमा केले पूर्ति गर्ने त राज्यको त राजस्वको स्रोत त जुटाउनुप¥यो नि हो। त्यो हरित कर लाग्यो के अन्तःशुल्कको ठाउँमा लाग्यो।’
हरित कर भन्नाले वातावरणलाई हानी पुर्याउने, कार्बन उत्सर्जन गर्ने र प्रदूषण फैलाउने क्रियाकलाप वा वस्तुहरूमा लगाइने विशेष प्रकारको करलाई बुझाउँछ। यसको मुख्य उद्देश्य वातावरणीय क्षति न्यूनीकरण गर्नु र स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नु हो।
अर्थमन्त्री वाग्ले आगामी आवमा आन्प्रसाइट, बिटुमिन युक्त कोइला, अन्य कोइला र कोइलाबाट उत्पादित ब्रिकेटहरू, अण्डाकारका वस्तुहरू र यस्तै प्रकारका ठोस इन्धनहरू, पत्थर कोइला, लिग्नाइट वा पिटको संगठित वा असंगठित कोक र वर्ष कोक, रिटोर्ट कार्बनमा प्रतिके.जी. ०.५० रुपैयाँ हरित कर लगाएका छन्।
यसैगरी, सरकारले मोटर स्पिरिट (पेट्रोल) प्रतिलिटर १५ रुपैयाँ, हेक्जेन (फुड ग्रेड)मा प्रतिलिटर १ रुपैयाँ, अन्यमा प्रतिलिटर १५ रुपैयाँ हाइस्पिड डिजेल प्रतिलिटर १३ रुपैयाँ, फ्यूल आयल (फर्नेस आयल), बेस आयल (मोबिल बनाउन प्रयोग हुने), जुट व्याचिङ आयल तथा टेक्सटाइल आयलमा प्रति लिटर ०.५० रुपैयाँ, लुब्रिकेटिङ आयल प्रति लिटर १ रुपैयाँ र स्पाइण्डल तेलमा प्रति लिटर ०.५० रुपैयाँ कर अर्थमन्त्री वाग्लेले लगाएका हुन्।
सरकारले ट्रान्सफर्मर आयल, मिनरल टर्पेन्टाइन आयल, रबरको प्रशोधनमा प्रयोग हुने तेल, लिक्विड प्याराफिन आयल र हाइट आयलमा प्रतिलिटर ०.५० रुपैयाँ र अन्यमा प्रतिलिटर १ रुपैयाँ कर लगाएको छ।
यस्तै, सरकारले पेट्रोलियम तेलहरू र बिटुमिनयुक्त खनिजहरूबाट प्राप्त तेलहरू (कच्चाबाहेक) तथा अन्यत्र उल्लेख वा समावेश नभएका, तौलको हिसाबले ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलहरू वा विटुमिन खनिजबाट प्राप्त तेलहरू भएका, यिनै तेलहरू नै तयारी वस्तुहरूको मुख्य घटक भएका तयारी वस्तुहरू, जैविक डिजेल भएका, रही तेलहरू बाहेकमा १ प्रतिशत कर लगाएको बजेट वक्तव्यमा प्रस्तुत छ।
यस्तै, पोलिक्लोरिनेटेड बाइफेनलहरू (पीसीबीएस), पोलिक्लोरिनेटेड टरफेनलहरू (पीसीटीएस) बा पोलिब्रोमिनेटेड, बाइफेनलहरू (पीबीबीएस) पेट्रोलियम कोक पेट्रोलियम बिटुमिन, पेट्रोलियम तेलका वा बिटुमिनयुक्त र अन्यमा समेत गरेर १ प्रतिशत सरकारले कर लगाएको छ।
यस्तै, स्मार्ट फोनहरू, सेलुलर सञ्जालहरू वा अन्य तारबिहीन सञ्जालहरूका लागि प्रयोग हुने अन्य टेलिफोनहरू र आधार स्थान (बस स्टेशन) हरूमा ५ प्रतिशत कर लाग्ने छ।
यसैगरी, सरकारले अभस्मित र अस्मितमा प्रतिकेजी ०.५० रुपैयाँ, अस्बेष्टस भएकोमा १० प्रतिशत, ब्रेक लाइनिङ्ग र प्याडहरू, अन्य, एम्बेष्टस नभएका, ब्रेक लाइनिङ्ग र प्याडहरू, अन्यमा १० प्रतिशत र लिड-एसिड, पिष्टन इञ्जिन चालू गर्न प्रयोग हुने किसिमका र अन्य लिड एसिड एकुमुलेटरहरूमा १५ प्रतिशत कर लगाएको छ।
यस्तै, निकल क्याडमियम र निकल-मेटल-हाइड्राइडमा १० प्रतिशत, लिथियम-आयनमा ५ प्रतिशत, पावर बैड (ब्याट्री प्याक), अन्यमा १५ प्रतिशत, १५०० वाटभन्दा बढी शक्ति नभएको र धुलो जम्मा गर्ने थैली वा अन्य ग्रहण क्षमता (रिसेप्टेकल क्यापासिटी) २० लिटर ननाघेको, अन्य, अन्य भ्याकुम क्लिनरहरू र पार्टपुर्जाहरूमा ५ प्रतिशत कर लाग्ने बजेट वक्तव्यमा प्रस्तुत छ।
यसैगरी, सरकारले डिष्ट्रीब्यूटरहरू; इग्निसन क्वायलहरू, स्पार्किङ्ग प्लगहरू, स्टार्टर मोटरहरू र दोहोरो काम गर्ने, स्टार्टर जेनेरेटरहरू, अन्य जेनेरेटरहरू, अन्य उपकरणहरू, साइकलमा प्रयोग हुने खालका प्रकाश वा दृष्टिसूचक उपकरणहरू, अन्य प्रकाश वा दृष्टिसूचक (भिजुअल (सिग्नलिङ) उपकरणहरू, ध्वनिसूचक (साउण्ड सिग्नलिङ्ग), उपकरणहरु, विन्डस्कीन वाइपर डिफ्रोष्टर, डेमिष्टरहरू र पार्टपुर्जाहरू र बत्तीहरूमा ५ प्रतिशत कर लगाएको छ।
यस्तै, स्मार्ट फोनहरू, सेलुलर सञ्जालहरू वा अन्य तारबिहीन सञ्जालहरूका लागि प्रयोग हुने अन्य टेलिफोनहरू र आधार स्थान (बस स्टेशन) हरूमा ५ प्रतिशत कर लाग्ने छ। स्मार्ट घडीमा १५ प्रतिशत, नेटवर्किङ्ग स्वीच, राउटर, अन्यमा ५ प्रतिशत, अन्यमा १० प्रतिशत, माइक्रोफोन र तिनका स्ट्याण्डहरूमा १५ प्रतिशत, आवरण लगाइएका सिङ्गल लाउडस्पिकरमा १० प्रतिशत, एउटै आवरणमा भएका मल्टिपल लाउडस्पिकरहरूमा १० र अन्यमा १५ प्रतिशत सरकारले कर लगाएको छ।
यसैगरी, माइक्रोफोनसँग संयुक्त भएका वा नभएका हेडफोन र इयरफोनहरू, र माइक्रोफोन तथा एक वा एकभन्दा बढी लाउडस्पिकरहरू समावेश भएका सेटहरू, अडियो फ्रिक्वेन्सी इलेक्ट्रिक एम्प्लिफायरहरू र इलेक्ट्रिक साउण्ड एम्प्लिफायरका सेटहरूमा १० प्रतिशत सरकारले कर लगाएको छ।
यस्तै, चुम्बकीय पट्टी भएका कार्डहरूमा ५ प्रतिशत, अन्य, रेकर्ड नगरिएका, सफ्टवेयर भएका, अन्य, सुगठित अवस्थाका विद्युत आपूर्ति नहुँदा पनि सचित डेटा नमेटिने (सोलिड स्टेट नन्-भोलाटाइल) समय उपकरणहरू, सिम कार्ड, मेमोरी कार्ड, अन्यमा १० प्रतिशत, अन्यमा ५ प्रतिशत, सङ्ग्रहण उपकरण समाविष्ट भएका ट्रान्समिसन उपकरणहरू, टेलिभिजन क्यामराहरू, डिजिटल क्यामराहरू, भिडियो क्यामरा रेकर्डरहरू र सि.सि.टि.भि. क्यामराहरुमा ५ प्रतिशत, शीर्षक ८४.७१ को स्वचालित डेटा, ४८ इञ्चसम्मका र अन्यमा १० प्रतिशत कर लाग्ने सरकारको बजेट वक्तव्यमा प्रस्तुत छ।
यसैगरी, सरकारले टेलिभिजन रिसिभरका, लिक्विड किष्टल डिभाइसहरू (एल.सी.डी.) वा लाइट इमिटिङ्ग डायोडहरू (एल.इ.डी.) समावेश गरिएका इण्डिकेटर प्यानलहरू, ५०÷६० हर्ज सर्किटको प्रयोगको लागि तयार गरिएको र ०.५ के. भार भन्दा कम नभएको प्रतिक्रियात्मक शक्ति सञ्चालन गर्ने क्षमतायुक्त स्थिर क्यापासिटर (पावर क्यापासिटर) हरू, ट्यान्टालम, आल्मुनियम इलेक्ट्रोलाइटिक, सेरामिक डाइईलेक्ट्रिक, सिङ्गल लेयर, सेरामिक डाइईलेक्ट्रिक, मल्टिलेयर, कागज वा प्लास्टिकको डाइईलेक्ट्रिक, परिवर्तनीय वा समायोज्य (प्रि-सेट) क्यापासिटरहरू, पार्टपुर्जाहरू स्थिर कार्बन प्रतिरोधकहरू, कम्पोजिसन वा फिल्म प्रकारका, २० वाटसम्मको शक्ति सञ्चालन क्षमताका लागि, अन्य, परिवर्तनीय (भ्यारिएबल) प्रतिरोधकहरू, रियोस्ट्याट, पोटेन्सियोयोमिटरहरू समेत र पार्टपुर्जाहरू र मुद्रित परिपथ (प्रिन्टेड सर्किट) हरूमा १० प्रतिशत कर लगाएको छ।
यस्तै, अन्य स्वीपहरू, अन्य र अन्य उपकरणहरूमा १५ प्रतिशत कर लागेको छ। रङ्गीनमा ५ प्रतिशत, इलेक्ट्रोनिक चुरोटहरू र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय भाष निकाल्ने (भेपोराइजिङ्ग) साधनहरूमा ६० प्रतिशत, अन्य यन्त्र र उपकरणहरूमा ५ प्रतिशत र इलेक्ट्रोनिक चुरोटहरू (सिगरेट्स) र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय वाष्पीकरण (भेपोराइजिङ) गर्ने साधनहरूका पार्टपुर्जी ६० प्रतिशत र अन्यमा ५ प्रतिशत कर लगाएको छ। कनेक्टरसँग जोडिएका, अन्य र अप्टिकल फाइबर केबुलहरूमा १५ प्रतिशत सरकारले कर लगाएको छ।
यस्तै, सरकारले स्टेरियोस्कोपिक (त्रिआयामिक छवि हेर्न मिल्ने) माइक्रोस्कोपहरू, फोटोमाइकोग्राफी, पार्टपुर्जा र सहायक सामग्रीहरू, अप्टिकल माइक्रोस्कोप बाहेकका माइक्रोस्कोपहरू; डिफ्रयाक्सन (विवर्तन) उपकरणहरू, अन्य रेखाङ्कन गर्ने, चिनो लगाउने र गणितीय हिसाब गर्ने औजारहरू, तरल पदार्थ वा ग्याँसको प्रवाह, तह, दबाब वा अन्य चर (मेरियबल) हरू, दबाब मापन वा जाँच गर्नको लागि र अन्यमा ५ प्रतिशत कर लगाएको बजेट वक्तव्यमा प्रस्तुत छ।
विशेषतः दूरसञ्चारको लागि डिजाइन गरिएका औजार र उपकरणहरू (उदाहरणका लागि, क्रस–टक मिटर, गेन मिजरिङ्ग उपकरण, डिस्टोर्सन फ्याक्टर मिटर, सोफोमिटर) र पार्टपुर्जा र सहायक सामग्रीहरूमा ५ प्रतिशत सरकारले कर लगाएको छ।