काठमाडौं। राष्ट्रिय बिमा प्राधिकरणको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ वटा जीवन बिमा कम्पनीमा कार्यरत कर्मचारीको खर्च ११.४८ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ९८ लाख पुगेको छ।
जीवन बिमा कम्पनीले कर्मचारी सुविधा खर्च (तलब, भत्ता, बोनस तथा अन्य सेवासुविधा)मा उक्त रकम खर्चिका हुन्। यस्तो रकम अघिल्लो वर्ष ४ अर्ब ६४ करोड ६५ लाख थियो।
रकमका आधारमा कर्मचारीका लागि सबभन्दा धेरै खर्च गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म ७० करोड १ लाख रुपैयाँ खर्च गर्दै पहिलो स्थानमा छ। दोस्रोमा नेपाल लाइफले १७.६९ प्रतिशतको वृद्धिसहित ६७ करोड ४१ लाख रुपैयाँ खर्चिएको छ।
सूर्यज्योति लाइफले ४९ करोड ९७ लाख, नेशनल लाइफले ३९ करोड ७९ लाख र सानिमा रिलायन्स लाइफले ३७ करोड ३ लाख कर्मचारी सुविधामा उपयोग गरेको प्राधिकरणको तथ्यांक छ।
आईएमई लाइफको ३३ करोड ८ लाख, एलआईसी नेपालको ३२ करोड ६ लाख, रिलायबल नेपाल लाइफको ३१ करोध ९९ लाख र प्रभु महालक्ष्मी लाइफको ३१ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ।
सन नेपाल लाइफले २८ करोड ५३ लाख, मेट लाइफले २८ करोड १२ लाख, सिटिजन लाइफले २७ करोड ६५ लाख र एशियन लाइफले २६ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन्। सबभन्दा कम खर्च गर्नेमा राष्ट्रिय जीवन बिमा कम्पनी १३ करोड ६५ लाख रहेको छ।