काठमाडौं। पर्यटन मन्त्रालयले मातहतका विभिन्न निकायका रिक्त पदमा एकसाथ दुई दर्जन नियुक्ति गरेको छ। १७ र १८ असारको मन्त्रिस्तरीय निर्णयबाट यी नियुक्ति गरेको हो।
पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्क निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमानढोका दरबार संग्रहालय विकास समितिका अध्यक्ष, सदस्यसचिव, कोषाध्यक्ष तथा सदस्यहरू नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठलाई नियुक्ति गरेको छ। सदस्यहरूमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्त भएको मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयले नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई र सदस्यहरूमा माधव प्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्र प्रसाद अधिकारीलाई नियुक्त गरेको छ।
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्ण कुमार लामा नियुक्त भएका छन् भने सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशन कुमार श्रेष्ठ र मणी भद्र पोखरेल नियुक्त भएका छन्।
मन्त्रालयले पाटन दरबार संग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त गरेको छ। यस्तै हनुमानढोका दरबार संग्रहालय विकास समितिको सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्र बहादुर मल्ल नियुक्त भएको मन्त्रालयले जनाएको छ।