काठमाडौं। सन् २०२६ आधाउधी हुँदासम्म पनि सडकमा गुड्ने इलेक्ट्रिक मोटरसाइकल खासै देखिँदैनन्। विश्वभर प्रायः ईभी स्कुटीले बजार ढाकेका छन्।
यस्तो बेला होन्डाको पहिलो इलेक्ट्रिक (ईभी) मोटरसाइकल बजारमा आएको छ। तर, यसमा पनि सडकमा गुड्ने अन्य इलेक्ट्रिक मोटरसाइकलकै जस्तो साझा समस्या देखिएको छ। इलेक्ट्रिक मोटरसाइकलमा भीरपहरा र हिलोमा चल्ने बलिया टायर छन्, तौल कम छ, खोलानाला तर्न सक्छन्, जंगलको बाटोमा कुद्न सक्छन् र राम्रो सस्पेन्सन छ भने ती उत्कृष्ट मेसिन हुन्।
तर’डर्ट बाइक’ हुन् अर्थात् अफ–रोडर्स। यस्ता मोटरसाइकल केवल कच्ची र साँघुरो बाटोमा कुद्नका लागि मात्र बनाइएका हुन्छन्। मोटरसाइकलमा इलेक्ट्रिक प्रविधिको वर्तमान अवस्थाले यस्तै ठाउँमा मात्र काम गर्छ–घना जंगल, आफ्नै घरको आँगन वा कुनै मोटोक्रस ट्रयाकमा।
यी बाइकहरूले सहरी क्षेत्रमा पनि काम गर्न सक्छन् जहाँ दैनिक आवतजावत गर्ने स्कुटरजस्ता साधनका लागि चार्जिङ सुविधा सजिलै उपलब्ध हुन्छ। तर, सडकमा गुड्ने इलेक्ट्रिक मोटरसाइकल जस्तै, लाइभवायर, जिरो र होन्डाको यो पहिलो ईभी। यी सबैमा एउटा यस्तो कमजोरी छ, जुन माथि उल्लिखित अफ–रोड बाइकमा हुँदैन। होन्डा ईभी आगमनले यही कुरालाई प्रमाणित गरेको छ। यो अन्य सबै इलेक्ट्रिक सवारी उत्पादकका लागि सतर्कताको संकेत बन्नुपर्छ।
सडकमा गुड्ने इलेक्ट्रिक बाइक पेट्रोल बाइकको ठाउँ लिन अहिले नै तयार भइसकेका छैनन्। होन्डाका अनुसार हाल युरोपमा उपलब्ध भइसकेको यस बाइकको ९.३ किलोवाटको लिथियम–आयन ब्याट्रीबाट अधिकतम रेन्ज मात्र ४७ माइल (करिब ७५ किलोमिटर) छ। त्यसमाथि घरमा चार्ज गर्दा धेरै घन्टा लाग्छ र फास्ट–चार्जिङ स्टेसनमा फुल चार्ज गर्न पनि करिब एक घन्टा लाग्छ।
यद्यपि, यो निराशाजनक मामलामा होन्डा एक्लो भने होइन।
लाइभवायर र जिरो बाइकको रेन्जको तथ्यांक पनि यस्तै खराब छ। तिनीहरू प्रत्येकको बिक्री प्रतिवर्ष मात्र केही सयदेखि हजारौँ युनिटमा सीमित हुनुको मुख्य कारण यही नै हो। यो कमजोर बिक्रीको तथ्यांक (जसले सम्भवतः होन्डालाई पनि असर गर्नेछ)को कारण के भने मानिसले मोटरसाइकल किन्नुको उद्देश्य सीधै यसको रेन्जसँग जोडिएको हुन्छ।
विश्वका धेरै ठाउँमा प्रयोग गरिने स्कुटरजस्ता साधन केवल दैनिक काममा आउन–जान प्रयोग गरिन्छन्। तर, यात्राको माध्यमका रूपमा मोटरसाइकलको मुख्य विशेषता भनेकै मुड चल्दा जुनसुकै बेला जहाँ पनि जान सक्ने क्षमता हुनु हो। मानिसले बाइक यसकारण किन्दैनन् कि उनीहरू नजिकैको पसलमा जान वा आफ्नो मनपर्ने पहाडी बाटोमा कुदाउन मात्र पाउन् भन्ने होस्, बरु इच्छा लागेको खण्डमा आफ्ना मिल्ने साथीसँग १८०० माइलको लामो यात्रा विश्व भ्रमणमै निस्कन सकून्।
यदि तपाईं जहिले पनि रेन्जकै चिन्तामा रहनुपर्छ र चार्ज हुन वर्षौं लागेजस्तो महसुस हुन्छ भने, त्यस्तो मोटरसाइकल किन्नुको के अर्थ भयो? यो समस्या अफ–रोड इलेक्ट्रिक बाइकको क्षेत्रमा भने देखिएको छैन। ’स्टार्क फ्युचर’, ’सुर–रन’, ’टालारिया’, ’निउ’ र अन्य ब्रान्डका कारण ती बाइकहरू लाखौंको संख्यामा बिक्री भइरहेका छन्। यही कारणले गर्दा नै लाइभवायर र जिरो दुवै कम्पनी अहिले इलेक्ट्रिक डर्ट बाइकतर्फ आकर्षित भएका छन्।
होन्डाले यस क्षेत्रमा केही न केही नयाँ ल्याउनैपर्नेछ। प्रविधिलाई निरन्तर अगाडि बढाउन मात्र होइन, बरु युरोप र अन्य देशको कडा उत्सर्जन मापदण्ड पूरा गर्न पनि।–एजेन्सी