काठमाडौं। अमेरिकी बहुराष्ट्रिय यातायात कम्पनी उबर टेक्नोलोजीज इंक र जर्मनीको अनलाइन फुडडेलिभरी कम्पनी हिरोबिच व्यवसायिक सम्झौता भएको छ। राइड हेलिङ सेवाहरु कुरियर सेवाहरु खाना डेलिभरी र वस्तु ढुवानी गर्ने प्रख्यात टेक्नोलोजीज इंक र जर्मनको खाना अडर गर्नेसँगै खाद्य वस्तु वितरण गर्ने कम्पनीबिच भएको सम्झौताले विश्वव्यापी अनलाइन डेलिभरीसँगै यातायात क्षेत्रमा ठूलो पराकम्पन ल्याएको हो।
दुई प्रख्यात व्यवसायी संस्थाबीच भएको सम्झौतापछि उक्त सञ्जाल अब विश्वका ९९ वटा देशमा विस्तार हुने निश्चित भएको छ। दुई प्रतिष्ठित एव लोकप्रिया संस्थाबीच भएको सम्झौताले विश्वका सबैभन्दा गतिशील अर्थ व्यवस्थाहरूमा करोडौँ नयाँ ग्राहकहरू माझ सस्तो र भरपर्दो सेवा पुग्ने दाबी उभरका प्रमुख कार्यकारी अधिकृत दारा खोस्रोशाहीले जानकारी दिए।
अहिले भएको सम्झौतापश्चात उभरले डेलिभरी र मोबिलिटी यातायात दुवै सेवा एकसाथ दिने बजारको संख्या ३४ बाट बढेर ५८ पुग्ने उनको भनाइ छ। उत्पादन प्रयोग गर्ने क्रसप्लेटफर्म उपभोक्ताहरूले एकल सेवा प्रयोग गर्ने ग्राहकको तुलनामा तीन गुणा बढी ग्रस बुकिङ र नाफा सिर्जना गर्ने बताइएको छ।
यसले उबर वन ग्राहकहरूलाई झन् ठूलो सुविधा दिनेछ। कुरियर तथा चालकहरूले थप अर्डरहरू पाउने प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए। अर्कोतर्फ डेलिभरी हिरोका प्रमुख कार्यकारी अधिकृत निकलास अस्टबेर्गले सम्झौताका क्रममा उनले उबरसँगको सम्झौतालाई लिएर अत्यन्त उत्साहित भएको बताए। यसले हाम्रा कर्मचारीहरू र साझेदारका लागि प्रदान गर्ने सम्भावनाहरूप्रति उत्साहित भएको उनले बताए।
पछिल्लो केही वर्षयता विश्वव्यापी गतिशीलता र डेलिभरी प्लेटफर्मसँगै नवीनताप्रतिको साझा प्रतिबद्धताले यसलाई स्थानीय खाद्य डेलिभरी र छिटोभन्दा छिटो सेवा दिन हिरा सक्षम तथा हाम्रा ग्राहकहरूका लागि दैनिक प्रयोग हुने एप अगाडि बढाउन सही साझेदारी बनाउँछ।
‘१५ वर्षभन्दा बढी समयदेखि यो कम्पनी निर्माण गरेकोमा म हाम्रा आफ्ना सहयोगी तथा कर्मचारीहरू, नागरिकप्रति आभारी छु र हामी यो यसलाई अर्को अध्यायको लागि सुचारु गर्न तत्पर रहेको छ,’ उनले भने।
डेलिभरी हिरोले न्यूयोर्कस्थित लगानी फर्म एसएसडब्लू पार्टनर्ससँग छुट्टै सम्झौता गरेको छ।
उबर टेक्नोलोजीज इंकका अनुसार सन् २०२५ को तथ्यांकअनुसार दुवै कम्पनीको संयुक्त प्रो-फर्म ग्रस बुकिङ आकार २३६ अब अमेरिकी डलर रहेको छ। स्वैच्छिक टेकओभर अफरको सर्तअन्तर्गत उबरले डेलिभरी हिरोका सेयरधनीलाई ४१ दशमलव ५० युरोनगर प्रस्ताव गर्ने भनिएको छ। जसले कम्पनीको १ सय प्रतिशत स्वामित्वका लागि १४ दशमलव ८ बिलियनको इक्विटी भ्यालुलाई प्रतिनिधित्व गर्दछ। जुन उबरको अघिल्लो खरिदहरू समायोजन गर्दा यो १३ दशमलव ७ बिलियन हुने उल्लेख गरिएको छ।
उबर र डेलिभरी हिरोको बजार प्रतिस्पर्धा भएका कुल १४ वटा बजारका व्यवसायहरू एसएसडब्लूले झण्डै १ दशमलव ६ अर्ब अर्थात १ दशमलव ६ अर्ब रुपैयाँमा प्राप्त गर्ने छ। उबरले एसएसडब्लूलाई हस्तान्तरण गरिएका व्यवसायहरूमा नियन्त्रण कायम गर्ने छैन। एसएसडब्लूले ती व्यवसायहरूको दीर्घकालीन सफलताका लागि स्वतन्त्र रूपमा रणनीतिक साझेदारहरू खोज्ने जनाइएको छ।
उबरका अनुसार कम्पनीले प्राप्त गर्ने बजारको संख्या ५० वटा देश रहेका छन्। जसमा नेपाल, दक्षिण कोरिया, बंगलादेश, कम्बोडिया, हङकङ, लाओस, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, सिङ्गापुर, क्रोएसिया जर्जिया, इटाली, नाइजेरिया, सर्बिया, टुनिसिया युगाण्डालगायतका देश रहेका छन्।
जसको सन २०२५मा कुल बुकिङ ४२ बिलियन डलर अर्थात ४२ अर्ब नेपाली रुपैयाँ रहेको छ। अर्कोतर्फ एसएसडब्लु पार्टनर्सले प्राप्त गर्ने बजारका प्रमुख देशहरूमा चेकिया, नर्वे, स्वीडेन, ग्रीस, स्पेन, पोल्याण्ड, पोर्चुगल रोमानिया मोल्डोभा चिली आदि रहेका छन्। जसको २०२५ मा कुल बुकिङ ११ बिलियन डलर अर्थात ११ अर्ब अमेरिकी डलर रहेको छ।
उबरका अनुसार कम्पनीले यस खरिद प्रक्रियाको लगानी आफ्नो ब्यालेन्स सिटमा रहेको नगद र नयाँ ऋण सुविधामार्फत गर्नेछ। यसका
उबर र डेलिभरी हिरोबिच भएको सम्झौताले उपभोक्ता, व्यापारी, कुरियर तथा चालक सबै पक्षका लागि बहुआयामिक र महत्त्वपूर्ण फाइदाहरू पु¥याउने अपेक्षा गरिएको छ। उपभोक्ताका लागि यसले उबर वन सदस्यतामार्फत आफ्ना दैनिक आवश्यकताका सामान र सेवाहरूमा थप विविध विकल्पहरू उपलब्ध गराउने छ।
जसका कारण उनीहरुले खरिद प्रक्रियालाई सहजता प्रदान गर्ने तथा झन्झटमुक्त बनाउने अपेक्ष गरिएको छ। अर्कोतर्फ व्यापारीहरूका लागि उबरको विशाल एवं सक्रिय प्रयोगकर्ता सञ्जालले बजारमा नयाँ माग सिर्जना गर्नेछ। जसका कारण व्यापार विस्तार र आम्दानी वृद्धिमा प्रत्यक्ष सहयोग पग्नेछ। कुरियर र चालकका हकमा अर्डरको संख्या बढ्ने र कामको समयको उचित सदुपयोग हुनेछ। उनीहरूको दैनिक आम्दानीका कारण अन्य अवसरहरूलाई बढाउन सघाउ पुग्ने तथा उबरले आफ्नो व्यावसायिक क्षमता विस्तारका लागि क्रस प्लेटफर्म रणनीतिलाई अझ सुदृढ बनाएको छ। यस सम्झौतामार्फत उबरले मोबिलिटी अर्थात यातायात र डेलिभरी दुवै सेवा एकैसाथ प्रदान गर्ने बजारको संख्या ३४ बाट बढेर ५८ पुग्नेछ उल्लेख गरेको छ।
त्यस्तै, उभरले डेलिभरी कम्पनीका कर्मचारीहरुप्रति कदर गर्दै यसको मुख्यालय जर्मनको बर्लिनमा जानकारी दिएको छ। आगामी २०२९ सम्म कर्मचारी कटौती नगर्ने दाबी गरेको छ। उबरले आगामी ५ वर्षमा जर्मनमा दुई बिलियन युरो अर्थात ३ खर्ब ५१ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यसमा मुख्यतया स्थानीय जनशक्ति विकास व्यवसाय विस्तार र सवारी साधन क्षेत्र तथा जर्मन अटोमोटिभ उद्योगसँग समन्वय गर्ने उबरले उल्लेख गरेको छ।
उबरका अनुसार कम्पनीले यस खरिद प्रक्रियाको लगानी आफ्नो ब्यालेन्स सिटमा रहेको नगद र नयाँ ऋण सुविधामार्फत गर्नेछ। यसका लागि १४ अर्ब युरोको ब्रिज लोन फेसिलिटी जुटाइसकिएको छ। उबरको इन्भेस्टमेन्ट ग्रेड क्रेडिट रेटिङलाई असर नपर्ने गरी यो संरचना तयार पारिएको हो। यो सम्झौता र खरिद प्रक्रिया आवश्यक कानुनी र नियामक निकायहरूको स्वीकृतिपश्चात् सन् २०२७ को दोस्रो अर्धवार्षिक सम्ममा पूर्ण रूपमा सम्पन्न हुने उनीहरुको बुझाइ छ।