काठमाडौं। विश्वकपमा फ्रेन्च स्टार केलियन एम्बाप्पेले लगातार दोस्रोपटक गोल्डेन बुट प्राप्त गरेका छन्। सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट दिइँदै आएको छ।
अमेरिका, मेक्सिको र क्यानडामा भर्खरै सम्पन्न सन् २०२६ को फिफा विश्वकपमा एम्बाप्पेले विश्वकपका आठ खेलमा १० गरेका छन्।
यसैगरी उनले चार गोलका लागि असिस्ट पनि दिएका थिए । एम्बाप्पेले अर्जेन्टाइन कप्तान लियोनल मेसीलाई दुई गोलले पछि पारेका हुन्।
एम्बाप्पे दुई गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। उनले सन् २०२२ मा पनि यो अवार्ड जितेका थिए।
एम्बाप्पेले सेनेगल, इराक, स्विडेन र इंग्ल्यान्डविरुद्ध दुई–दुई तथा मोरक्को र पाराग्वेविरुद्ध एक–एक गोल गरे । सन् १९८२ को विश्वकपदेखि गोल्डेन बुट प्रदान गर्न थालिएको हो।
यसअघि सन् १९८२ मा इटालीका पाब्लो रोसी, १९८६ मा इंग्ल्यान्डका ग्यारी लिनेकर, १९९० मा इटालीका साल्भाटोर शिलासी र १९९४ मा रुसका ओलेग सालेन्को तथा बुल्गेरियाका ऋस्टो स्टोइचकोभले गोल्डेन बुट जितेका थिए।
सन् १९९८ मा क्रोएसियाका डेभोर सुकर, २०१४ मा कोलम्बियाका जेम्स रोड्रिग्वे र सन् २०१८ मा इंग्ल्यान्डका ह्यारी केन, सन् २००२ मा ब्राजिलका रोनाल्डो, सन् २००६ मा जर्मनीका मिरोस्लाभ क्लोजले र २०१० मा जर्मनीकै थोमस मुलरले पनि गोल्डेन बुट पाएका थिए।