घर, कार्यालय, होटल वा व्यावसायिक भवन निर्माण गर्दा भुइँ र भित्ताका लागि कुन सामग्री प्रयोग गर्ने भन्ने विषय अब केवल रङ, डिजाइन र मूल्यमा सीमित छैन। आजका उपभोक्ता टायल खरिद गर्दा टिकाउपन, सुरक्षा, मर्मत–सम्भार खर्च र दीर्घकालीन उपयोगितालाई पनि उत्तिकै महत्व दिन थालेका छन् । आधुनिक समय ग्राहकको बदलिँदो रोजाइसँगै भिट्रीफाइड टायलको माग बढ्न थालेको छ ।
भिट्रीफाइड टायल उच्च घनत्वयुक्त बलियो टायल हो। यसले अत्यन्त कम पानी सोस्छ। फेल्डस्पार, क्वाट्र्ज, सिलिका र बल क्लेजस्ता कच्चा पदार्थलाई १२०० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएर यो टायल उत्पादन गरिन्छ। यसले टायलको भित्री संरचनालाई खँदिलो, कडा र टिकाउ बनाउँछ। सरल भाषामा भन्नुपर्दा यस्तो संरचना पानी, आद्रता तथा दैनिक प्रयोगबाट कम प्रभावित हुन्छ।
टायलको गुणस्तर बुझ्ने सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक हो–पानी सोस्ने क्षमता। सामान्यतया पानी धेरै सोस्ने टायल, आद्रता, दाग र मौसम परिवर्तनका कारण प्रभावित हुन सक्छन्। तर, पूर्ण भिट्रीफाइड टायलको पानी सोस्ने क्षमताका न्यून भएका कारण लामो समयसम्म टिकाउ हुन्छ।

उत्पादक लामिनारका अनुसार कम्पनीले उत्पादन गर्ने पूर्ण भिट्रीफाइड टायलको पानी सोस्ने दर ०.०८ प्रतिशत माात्रै छ। यसको अर्थ टायलभित्र पानी तथा चिस्यान सजिलै प्रवेश गर्दैन। यसले टायललाई चिस्यानबाट जोगाउन, संरचनात्मक स्थायित्व कायम राख्न र लामो समयसम्म आकर्षक देखिन मद्दत गर्छ।
नेपालजस्तो विविध मौसम भएको देशमा यो विशेषता अझ महत्वपूर्ण हुन्छ। भान्साकोठा, बाथरुम, बार्दली, पार्किङ, खुला क्षेत्र र चिस्यान बढी हुने स्थानमा पानी प्रतिरोधी सर्फेस आवश्यक हुन्छ। कम पोरस बडी भएकाले चिस्यानजन्य असर तथा दीर्घकालीन क्षतिको जोखिम कम हुन्छ। साथै, सामान्य दाग तथा फोहोर सफा गर्न पनि यो टायलमा सजिलो हुन्छ।
भिट्रीफाइड टायलको अर्को महत्वपूर्ण पक्ष यसको बलियोपना हो। डेन्स भिट्रीफाइड बडी भएकाले यसले भार सहने क्षमता निकै बढी हुन्छ। कार्यालय, होटल, अस्पताल, शोरुम, किनमेल क्षेत्र तथा सार्वजनिक भवनजस्ता धेरै प्रयोग हुने स्थानमा यस्तो यस प्रकारको टायल विशेष उपयोगी हुन्छ।

उपभोक्तालाई सजिलै नकोरिने, कम चिप्लिने, सफा गर्न सजिलो र लामो समयसम्म राम्रो देखिने सतह चाहिन्छ। यस्ता गुणको मूल्यांकन गर्न मोह्स स्केल, पीईआई रेटिङ, आर–रेटिङ तथा वाटर एब्जप्र्सनजस्ता प्राविधिक सूचक प्रयोग गरिन्छन्। उदाहरणका लागि, मोह्स स्केलले सतहको कोरिने प्रतिरोध क्षमतालाई संकेत गर्छ भने पीईआई रेटिङले घिसावट प्रतिरोध क्षमताबारे जानकारी दिन्छ। त्यस्तै, आर–रेटिङले चिप्लिने जोखिमको स्तर बुझ्न मद्दत गर्छ।
यद्यपि, यी सूचक टायल भिट्रीफाइड भएकै कारण प्राप्त हुने गुण होइनन्। यिनीहरू मुख्यतः सतहमा प्रयोग हुने ग्लेज, टेक्स्चर तथा सतह प्रविधिसँग सम्बन्धित हुन्छन्। त्यसैले एउटै भिट्रीफाइड टायल पनि प्रयोगको उद्देश्यअनुसार फरक–फरक सतह गुणमा उपलब्ध हुन सक्छ। त्यसैले टायल छनोट गर्दा केवल डिजाइन हेर्नु पर्याप्त हुँदैन। प्रयोग हुने स्थान, आवागमनको चाप, चिस्यान, सुरक्षा आवश्यकता तथा अपेक्षित कार्यक्षमतालाई समेत ध्यान दिनुपर्छ।
त्यस्तै, आर–रेटिङले चिप्लिने जोखिमबारे संकेत गर्छ। भान्सा, बाथरुम, बार्दली, पार्किङ वा पानी पर्न सक्ने खुला स्थानमा स्लिप–रेसिस्टेन्ट सर्फेस बढी सुरक्षित हुन्छ। त्यसैले टायल छनोट गर्दा केवल डिजाइन हेर्नु पर्याप्त हुँदैन। प्रयोग हुने स्थान, आवागमनको चाप, चिस्यान, सुरक्षा आवश्यकता र मर्मत–सम्भार अवस्था पनि हेर्नुपर्छ।
नेपाल गुणस्तर (एनएस ६१७ः२०८२० अनुसार पानी सोस्ने क्षमता ०.०८ प्रतिशत वा त्यसभन्दा कम भएका टायललाई ग्रुप बी–वान ए अर्थात् पूर्ण भिट्रीफाइड टायलका रूपमा वर्गीकरण गरिएको छ। पानी सोस्ने क्षमताका आधारमा हेर्दा यो टायल उद्योगको सबैभन्दा उन्नत श्रेणी मानिन्छ, जुन अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने प्राविधिक वर्गीकरण मानिन्छ। लामिनारले पनि यही गुणस्तर मापदण्डअनुरूपका उत्पादनमार्फत नेपाली उपभोक्तालाई विश्वसनीय विकल्प प्रदान गर्ने प्रयास गरिरहेको जनाएको छ।

लामिनारले पछिल्लो समय टायल बिक्री गर्ने मात्रै नभई उपभोक्तालाई टायलबारे शिक्षित पनि बनाउँदै लगेको छ। नेपालमै उत्पादन, आधुनिक प्रविधि, पूर्ण भिट्रीफाइड वर्ग र नेपाल गुणस्तर मापदण्डअन्तर्गतको प्रमाणीकरणले लामिनारलाई विश्वस्तरीय नेपाली उत्पादनका रुपमा स्थापित गर्दै छ ।
लामिनारले टायल मात्रै उत्पादन गर्दैन । यसले नेपाली निर्माण क्षेत्रमा गुणस्तर, प्राविधिक विश्वास र दीर्घकालीन मूल्यबारे नयाँ संवाद सुरु गरेको छ। सुरुआती लागत केही बढी देखिए पनि कम मर्मत–सम्भार खर्च, लामो आयु, सफाइमा सहजता र बारम्बार प्रतिस्थापन गर्न नपर्ने कारणले पूर्ण भिट्रीफाइड सर्फेस दीर्घकालीन रूपमा किफायती लगानी मानिने जानकार बताउँछन्।