बागलुङ । कोभिड–१९ को जुध्न सरकारले घोषणा गरेको लकडाउनले व्यवसायमा क्षेत्रमा नराम्रो धक्का दियो । धेरैको व्यवसायको भविष्य अन्योल देखियो पनि । तर, बागलुङ नगरपालिका—२ का सुवास श्रेष्ठले लकडाउनलाई नै अवसरमा बदले र सुर गरे बागलुङ बजारमै सबैभन्दा ठूलो मार्ट ।
बागलुङ र पोखरामा ब्राउन आइज पार्टी प्यालेस सञ्चालन गरिरहेका श्रेष्ठले लकडाउनपछि नयाँ व्यवसायमा हात हालेका हुन् । पार्टी प्यालेससँगै बागलुङ र पोखरामा रेष्टुरेन्ट, बागलुङमा फिल्म हल, जिम हल र डान्स इन्स्च्यिुट सञ्चालन गरेका श्रेष्ठको लकडाउनका कारण सबै व्यवसाय बन्द भए । लकडाउनपछि पनि खुल्ने प्राथमिकतामा उनका कुनै पनि व्यवसाय परेका छैनन् ।
विभिन्न व्यवसायमा १० करोडभन्दा बढि लगानी गरेका उनको सबै व्यवसाय एकैपटक बन्द हुँदा उनी आत्तिएनन् । बरु नयाँ व्यवसायको सोचमा लागे । र, असार १५ देखि बागलुङ बजारमा ३ हजार स्क्वायर फिटमा बागलुङ बजारकै सबैभन्दा ठूलो ब्राउन आइज मार्ट सञ्चालनमा ल्याए ।
‘सञ्चालनमा रहेका सबै व्यवसाय एकैपटक बन्द गर्नुपर्ने र सञ्चालन पनि कहिले हुने भन्ने थाहा नभएपछि नयाँ व्यवसाय गर्ने आइडिया जुर्यो,’ श्रेष्ठले भने । बागलुङ बजारमा घरायशी सामानका लागि आवश्यक पर्ने एउटै मार्ट नभएकाले मार्ट सुरु गरेको उनले बताए ।
मार्टमा अहिले खाद्यान्नका सबै आइटम उपलब्ध रहेको छ । लकडाउनकै बेलामा सामान ढुवानी गरेर ल्याउँदा सबै सामान आइपुगेको छैन । अहिले खाद्यान्न, कस्मेटिक, डेरी प्रडक्ट उपलब्ध रहेको श्रेष्ठले बताए । मार्टमा उपलव्ध सामान स्वदेशी देखि अन्र्तराष्ट्रिय ब्रान्डहरुको रहेको छ । श्रेष्ठ मार्टको ट्यागलाइन नै ‘डेली निड्स,’ ‘होम गुड्स’ बनाएका छन् ।

विगतमा बागलुङबासीले यहि सामान खरिद गर्नका लागि पोखराका डिपार्टमेन्टल स्टोर्समा पुग्नुपथ्र्याे ।अब सहजै बागलुङमै उपलब्ध गराउन थालेको श्रेष्ठ बताउँन् । आगामी दिनमा घरघरमै सामान पु¥याउने गरेर अर्डर लिने र होम डेलिभरी गर्ने पनि योजना रहेको श्रेष्ठले बताए ।
मार्टमा चाँडै नै तरकारी, फ्रोजन मिट र किचेनका सामाग्री उपलब्ध गराउने पनि श्रेष्ठले जानकारी दिए ।