काठमाडौं । काठमाडौं उपत्यका भित्र भाडामा बस्ने मानिसहरु धमाधम कोठा छाड्न थालेका छन् । कारोना भाइरसका कारण आर्थिक क्रियाकलाप बन्द भएपछि सर्वसाधारणले कोठा छाड्न थालेका हुन ।
कोठा भाडामा बस्ने मानिसहरु चारमहिना सम्मपनि नआएपछि काठमाडौंका अधिकांश ठाउँहरुमा कोठा छ्यापछ्याप्ती पाइन थालेका छन् । बिशेषगरी पछिल्ला दिनहरुमा घरबेटी आफैँले कोठा खाली गर्दै आएका छन् । अघिपछि जति कोठा खोजेपनि नपाइने काठमाडौंमा यतिबेला कोठा खाली हुने क्रम बढेको देखिन्छ ।
कोरोनाको कारण सबैमानिस यतिबेला गाउँघर तिरै छन् । काठमाडौंमा कारोना भाइरसको उच्च जोखिम रहेको भन्दै मनिसहरु त्रसित भइ पहाडी क्षेत्रमै छन । जसको प्रत्यक्ष असर काठमाडौं घर धनीलाई परेको छ । कोरोना भाइरसका कारण काठमाडौं अझैपनि चलहपहल कम नै रहेको छ ।
काठमाडौंमा घर भएका अशोक थापाले यतिबेला उपत्यकामा भाडाको रुपहरु धेरै जसो खाली भएको बताए । ‘अघिपछि कोठा पाउँने मुस्किल रहेको उपत्यकामा यतिबेला सस्तो मुल्यमै कोठा पाइन थालेका छन’ उनले भने ।
खासगरी काठमाडौंको काडाधारी, कोटेश्वर, बागबजार, घट्टेकुलो– अनामनगर, बानेश्वर, नयाँ बसपार्क कलङ्की, कलंकी, कालिमाटी, बल्खु, टेकु, थापाथली, सतुंगल, नयाँबजार, कीर्तिपुर, धोबिघाट, तिनकुने, जडिबुटी, बलाजु र थानकोट लगायतका स्थानमा कोठा खाली हुन थालेका छन् । व्यापारिक क्षेत्र दबारमार्ग, न्यूरोड र असन लगायतका ठाउमा पनि सटर बन्द नै रहेका छन् ।
कलङ्की बस्ने बलबहादूर नेपालीलले लकडाउन अघि ३ वटा कोठा २० हजारमा लिएका थिए । तर, लकडाउनको कारणले उनले आफु बस्ने नजिकै ३ वटा कोठा १२ हजारमा पाए । ‘लकडाउनले गर्दा पहिले बसेको भन्दा ठूलो कोठा सस्तोमा पाए, अहिले धेरैतिर कोठा खाली भैरहेका छन्, पहिले घरधनीले भनेको जति भाडा तिर्दा पनि राम्रो कोठा पाउन सकिदैन थियो तर अहिले रोजेर कोठा छान्न पाइएको छ,’ नेपालीले भने ।