काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै गरिएको लकडाउनका कारण उपत्यकामा घर जग्गा र कोठा सस्तो हुन थालेको छ । लामो समयसम्म लकडाउन हँुँदा धेरैले रोजगारी गुमेको र विदेशबाट समेत नेपालीहरु धमाधम स्वदेश फर्किएर गाउँमा गएसँगै काठमाडौं उपत्यका घर, जग्गा र कोठाभाडा सस्तिन थालेको हो ।
अहिले सामाजिक सञ्जालमार्फत विभिन्न घर विक्रिको सूचना धमाधम आउन थालेको छ भने जग्गा र कोठा भाडाको पनि सूचना धेरै आउन थालेको छ ।
बैंक, वित्तिय संस्था र व्यक्तिगत ऋण लिएर बनाएका घरहरुको किस्ता तिर्न नसकेकै कारण धेरैले घरहरु विक्रि गर्न थालेका छन् । अहिले काठमाडौं उपत्यका भित्र ९७ लाखसम्ममा घर पाउन थालिएको छ ।
जोरपाटी मंकलबारीमा २ आनामा बनेको साढे २ तलाको घर ९७ लाखमै विक्रि गर्ने भनेर सामाजिक सञ्जालमा सूचना राखेको छ । यसअघि १ करोड २५ लाख रुपैयाँ भन्दै आएकोमा अहिले ९७ लाखमै दिन लागिएको उल्लेख छ ।
सस्तो रियल स्टेट नेपालको फेसबुक पेजमा ललितपुरको महालक्ष्मी नगरपालिको इमाडोलमा ३.५ आनामा बनेको १ करोड ९५ लाख रुपैयाँमा ८ कोठाको घर बिक्री गर्न लागिएको बताइएको छ ।
समृद्धि रियल स्टेटको फेसबुक पेजमा कपन हाइटस्थित ९ आनामा बनेको २.५ तल्ले घर ५ करोड २५ लाख रुपैयाँमा बिक्री गर्न लागिएको उल्लेख छ ।
इप्रोपटी डटकमले आफ्नो फेसबुक पेजमा इमाडोल, भक्तपुर, टिकाथली लगायतमा १ करोड २० लाख देखि २ करोड २० लाखसम्मका घरहरु बिक्रीको सूचना राखेको छ ।
हेर्नुस कहाँ कतिमा घर पाइन्छ ?


