काठमाडौं । जीवन र निर्जीवन गरी एक दर्जन बीमा कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन । जसमध्ये निर्जीवन २ र जीवन १० ओटाले गरी ७ अर्ब १८ करोड ५० लाख रुपैयाँ बराबरको ७ करोड १८ लाख ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
नयाँ आएको मध्ये अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रुपैयाँको आईपीओ निष्कासन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भइसकेको छ ।
यस्तै नेपाल रि–इन्स्योरेन्स कम्पनीले पनि १ अर्ब ६० करोडको निष्कासन गरिसकेको छ । यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्दै छ ।
सबै कम्पनीहरुले वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाले प्रक्रिया अघि बढाएका हुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड र रिलायवल इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड, सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड, प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ रहेको छ ।
युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड गरी ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
निर्जीवन बीमा कम्पनीको न्युनतम पुँजी १ अर्ब रुपैयाँ छ । जीवन बीमा कम्पनीको न्युनतम पुँजी २ अर्ब रुपैयाँ छ । नेप्सेमा पनि सबैभन्दा बढी बीमा समूहको कारोबार हुने गरेको छ ।
