काठमाडौं । केही समय अघि सनराइज बैंकले ८ दशमलव ९५ प्रतिशत (आधारदर) ब्याजदरमै घरकर्जा दिने स्किम मात्रै अघि सारेन, समान मासिक किस्ता (इएमआई)को अवधिलाई ४० वर्षसम्म कायम राख्न सक्ने सुविधा ल्याएको छ ।
एनएमबी बैंकले पनि आफ्नो आधार दर (बेसरेट) अर्थात ८ दशमलव ९९ प्रतिशत व्याजदरमै घरकर्जा (होम लोन) दिने सूचना सार्वजनिक गरेको छ । त्यतिमात्रै होइन्, एनएमबीले आगामी २ वर्षसम्म सोही ब्याजदरमा ऋण दिने जनाएको छ । यसको अर्थ हो अर्को त्रैमासिकदेखि बेसरेट घटे वा बढे पनि २ वर्षसम्म ८ दशमलव ९९ प्रतिसतमा घरकर्जा उपभोग गर्न पाउने छन् । एनएमबीले ३५ वर्षे इएमआईकाे व्यवस्था गरेकाे छ ।
उत्पादनमुलक उद्योगमा आएको शिथिलता, जलविद्युत् आयोजनामा देखिएको नैरश्यता, घट्दो आयात र जनजीवन सहज नभएकाले बस्तुको मागमा स्वतः कमी आएको छ । यसले आद्योगिक वातावरण खल्बलिएको छ ।
एनएमबीले निरन्तर ५ वर्षसम्म एउटै व्याज दर कायम गरेर घरकर्जा लिन चाहने ग्राहकलाई भने ११ प्रतिशत ब्याजदरको सुविधा दिएको छ । एनएमबीले यसअघि देखि नै ३५ वर्षे इएमआई योजना प्रयोगमा ल्याईरहेको छ ।
उता, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव ०७ प्रतिशत आधार दरमा १ दशमलव १८ प्रतिशत प्रिमियम थपेर घरकर्जा अघि सारेको छ । त्यति मात्रै होइन यो व्याजदर एक वर्षसम्म कायम रह्ने र घरकर्जाको अवधि २० वर्षसम्म पु¥याएको छ । यसअघि उसले १५ वर्षसम्मको किस्ता अवधि घरकर्जामा राखेको थियो ।
एनआईसी एसिया बैंकले पनि अटो (सवारी) तथा होमलोन ८ दशमलव २५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने घोषणा गरेको छ । त्यति मात्र होइन एनआईसीले शुन्य दशमलव २५ प्रतिसत मात्रै प्रशासनिक शुल्क लिने र एक वर्षसम्म व्याजदर परिवर्तन नहुने नीति सार्वजनिक गरेको छ ।
बैंकहरुले व्याजदर मात्रै घटाएका छैनन्, किस्ता तिर्ने अवधिसमेत मनग्ये थपेका छन् । कुनै व्यक्ति घर किन्न÷बनाउन चाहेमा ४० वर्षसम्म निरन्तर किस्ता तिर्न पाउने सुविधा बैंकहरुले अघि सारेका छन् । पछिल्ला बैंकहरुको गतिविधि हेर्दा विकसित देशहरुमा आफ्ना ग्राहकहरुलाई आकर्षित गर्न जुन नीति अंगिकार गरेका छन्, नेपालका बैंकहरुले पनि सोही नीतिलाई अघि बढाउन खोजेका छन् ।
त्यसैगरि एक वर्षपछि पनि आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८ दशमलव २५ प्रतिसतसम्म भए त्यही कायम हुने र सोभन्दा बढी भए आधार दरमा नै व्याजदर कायम हुने उल्लेख गरेको छ । घर कर्जाका हकमा ५ वर्षसम्म व्याजदर मात्रै तिर्न पाईने र पहिलो पटक घर खरिद/निर्माण गर्दा धितोको बजारमूल्यको ७० प्रतिसतसम्मको कर्जा दिइने सुविधा अघि सारेको छ । एनआईसी एसियाको असारको आधारदर ७ दशमलव ७० छ ।
त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले बार्षिक ७ दशमलव ५९ प्रतिशत ब्याजदरमै घर तथा सवारी कर्जा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ ।
अहिले बैंकहरुले घर तथा गाडी किन्न चाहने ग्राहकहरुलाई सुलभ दरमै ऋण दिने स्किमहरु धमाधम सार्वजनिक गरिरहेका छन् । ग्राहकको निश्चित आम्दानी छ भने उसले बैंकबाट सस्तो दरमै ऋण लिएर आफ्नै घर र गाडी जोड्न सक्ने सुवर्ण अवसर बैंकहरुले दिएका छन् ।
बैंकहरुले व्याजदर मात्रै घटाएका छैनन्, किस्ता तिर्ने अवधिसमेत मनग्ये थपेका छन् । कुनै व्यक्ति घर किन्न÷बनाउन चाहेमा ४० वर्षसम्म निरन्तर किस्ता तिर्न पाउने सुविधा बैंकहरुले अघि सारेका छन् । पछिल्ला बैंकहरुको गतिविधि हेर्दा विकसित देशहरुमा आफ्ना ग्राहकहरुलाई आकर्षित गर्न जुन नीति अंगिकार गरेका छन्, नेपालका बैंकहरुले पनि सोही नीतिलाई अघि बढाउन खोजेका छन् ।
कोरोना भाईरस संक्रमण्का कारण लगानीका क्षेत्रहरु खुम्चिँदै गएको र नियामकीय दायरा विस्तार भएका कारण अधिक तरलता देखिए पनि बैंकहरु गाडी र घर कर्जा बढाउन विभिन्न स्कीमहरुमार्फत तछाँडमछाँड गरिरहेका छन् । यद्यपि, अटो लोन मूल्यको ५० प्रतिशत र घरकर्जामा ६० प्रतिशतको सीमा छ ।
विकसित देशहरुमा घर र सवारी कर्जा दिने वित्तीय संस्थाहरुले लामो समयसम्म किस्ता तिर्ने सुविधा दिएर सबै नागरिकको घर र गाडीको सपना पूरा गरिदिएका हुन्छन् । सोही नीति बैंकहरुले अख्तियार गर्दै घर र गाडीको सपना पूरा गराउने बाटोमा अग्रसर भएको आभास बैंकहरुले अघि सारेका स्कीमहरुबाट मिल्छ । किस्ता तिर्ने समयावधि धेरै हुँदा ठूलो ऋण भए पनि थोरैथोरै गरेर किस्ता तिर्न सजिलो हुन्छ र यसबाट न्यून आम्दानी भएका व्यक्तिहरुलाई आफ्नै घरको सपना पूरा गर्न सजिलो हुन्छ ।
कतिपय बैंकहरुले कर्जा दिँदा आधार दरमा ५ प्रतिसतसम्म प्रिमियम जोड्न सक्ने गरी व्याजदर निर्धारण गरेका छन् । यस्तो अवस्थामा यो वा त्यो बहाना बनाएर बैंकहरुले पुराना सम्झौतालाई रद्दिको टोकरीमा फालेर अधिक प्रिमियम जोडेर व्याजदर तथा किस्ता असुल गर्ने व्यवस्था गरि जुनसुकै बेला ग्राहकलाई अप्ठ्यारो पार्ने सम्भावना रहन्छ । त्यसकालागि ग्राहकहरु नै सचेत रहनुपर्छ ।
त्यसैगरि पछिल्लो समय बैंकहरुले निश्चित व्याज दर (फिक्स रेट) तय गरेर पनि ऋण दिन थालेका छन् । यसले गर्दा ग्राहकलाई पछि व्याजदर परिवर्तनबाट किस्ता भुक्तानीमा हुने झन्झट पनि कम गर्छ । यद्यपी तत्कालका लागि निश्चित व्याजदर केही महङ्गो परेको अनुभव भने हुन्छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै बैंकमा लगानीयोग्य पुँजी (तरलता) दिन प्रतिदिन बढ्दै गएको छ ।
कोरोना भाईरस संक्रमण्का कारण लगानीका क्षेत्रहरु खुम्चिँदै गएको र नियामकीय दायरा विस्तार भएका कारण अधिक तरलता देखिए पनि बैंकहरु गाडी र घर कर्जा बढाउन विभिन्न स्कीमहरुमार्फत तछाँडमछाँड गरिरहेका छन् । यद्यपि, अटो लोन मूल्यको ५० प्रतिशत र घरकर्जामा ६० प्रतिशतको सीमा छ ।
उत्पादनमुलक उद्योगमा आएको शिथिलता, जलविद्युत् आयोजनामा देखिएको नैरश्यता, घट्दो आयात र जनजीवन सहज नभएकाले बस्तुको मागमा स्वतः कमी आएको छ । यसले आद्योगिक वातावरण खल्बलिएको छ ।
काठमाडौं । केही समय अघि सनराइज बैंकले ८ दशमलव ९५ प्रतिशत (आधारदर) ब्याजदरमै घरकर्जा दिने स्किम मात्रै अघि सारेन, समान मासिक किस्ता (इएमआई)को अवधिलाई ४० वर्षसम्म कायम राख्न सक्ने सुविधा ल्याएको छ ।
यस्तो स्थितिमा पनि निक्षेपकर्तालाई ब्याज दिनुपर्ने वाध्यता बैंकहरुलाई भएपछि उनीहरु सुरक्षित र भरपर्दो लगानीका हिसावले घर तथा सवारी कर्जामा केन्द्रित भएका हुन् । कतिपय बैंकहरुले सेयर धितोमा दिइने ऋणलाई पनि प्राथमिकतामा राखेर ऋणका स्कीमहरु अघि सारिरहेका छन् ।
बैंकहरुले घर र सवारी कर्जामा ऋणका स्कीमहरु सार्वजनिक गरेपनि कोरोना भाईरस संक्रमण बढ्दै गएका कारण धेरै व्यक्तिहरु वेरोजगार भएको र रोजगारी रहिरहेकाहरुको पनि तलव तथा सेवासुविधामा कटौति भएकाले आम्दानीमा गिरावट देखिएको छ । जसले गर्दा उनीहरुसँग नगदको अभाव देखिएका कारण बैंकहरुले अघि सारेका स्कीमहरु सहज ढंगले अघि बढ्नेमा शंका छ । यद्यपी बैंकहरुले अन्यत्रका पुराना ऋणहरु आफ्नोमा तान्नका लागि प्रतिस्पर्धा चलाईरहेका छन् ।